नाम कमाउन २० औं वर्ष समय लाग्छ । बदनाम हुनको लागि ५ मिनेट

प्रकाशित मिति:

वारेन बफेट प्रसिद्ध अमेरिकी व्यवसायी हुन् । फोर्स पत्रिकाले निकाल्ने विश्वका धनी व्यक्तिहरुको सूचीमा उनको नाम आउँछ । उनको जन्म सन् १९३० अगस्ट ३० मा भएको थियो ।

वारेन बफेटका प्रेरक भनाइहरु
१। आफ्नो नाम कमाउनका लागि २० वर्ष समय लाग्छ भने बदनाम हुनको लागि ५ मिनेट पनि लाग्दैन । यदि त्यो सम्झेर तिमीले काम गर्‍र्यौ भने फरक तरिकाले काम गर्न थाल्दछौ ।

२। तिमीभन्दा राम्रा व्यक्तिको संगत गर, जसले गर्दा तिमी पनि अझ राम्रो गर्ने बाटोमा हिँड्न थाल्छौ ।

३। मैले हाम फाल्नको लागि सात फुटको बार हेर्दिन । मैले त एक फुटको बार हेर्छु जसलाई म नाघ्न सकुँ ।

४। म बताउँछु तिमीलाई धनी कसरी हुने– ढोका बन्द गर । अरु लोभी हुँदा आफूले डर मान र अरु डराउँदा आफू लोभी बन ।

५। सफल लगानीकर्ताका लागि अनुशासन र धैर्यता अपरिहार्य तत्व हुन् ।

६। तिमीले खराब मानिससँग राम्रो सम्झौता गर्न सक्दैनौ ।

७। व्यवसायमा सफल भएका मानिसहरु तिनै हुन् जसले आफूले मन पराउने काम गरे ।

८। सबैभन्दा ठूलो लगानी आफ्नो विचार, आफ्नो व्यक्तित्वमा गर ।

९। असाधारण नतिजा प्राप्त गर्नका लागि असाधारण काम गर्न जरुरी छैन ।