जो राम्रो सेवक होइन, ऊ राम्रो मालिक पनि बन्न सक्दैनः प्लेटो

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
67 Shares


मनिसले थुप्रै कामको योजना बनाएको हुन्छ, सपना देखेको हुन्छ । जुन दिनप्रतिदिन फेरिँदै पनि जान्छन् । कतिले आफूले बनाएका योजना कार्यान्वयनमा समेत लैजान सक्दैनन् ।

सफल जीवन जीउनका लागि प्लेटोका वाणीहरु यस्ता छन्

१। मानिस सफल हुन इच्छा, भावना र ज्ञान आवश्यक हुन्छ । यी तीन चिजलाई आत्मसात् गरेर अगाडि बढ्ने मान्छे जीवनमा सफल हुन्छ ।

२। काम गर्नुको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै सुरुवात हो । त्यसैले तपाईंले सोचेको कामलाई कार्यान्वयनमा लान थालिहाल्नुस् । जसले जीवन सफल बनाउन भूमिका खेल्छ।

३। पहिलो र सबैभन्दो ठूलो जित भनेको आफैँमाथिको विजय हो । तपाईंले भविष्यमा हात पार्ने जितमा यसले ठूलो भूमिका खेल्छ । तर, तपाईं आफैँभित्र पराजयको अनुभूति छ भने त्यस्ता जितले लज्जित बनाउँछ ।

४। स्वास्थ्य जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो । स्वास्थ्यप्रति निकै सचेत हुनुस् किनभने स्वास्थ्य जीवनको सबैभन्दा ठूलो बाधा हो ।

५। अलिकति सन्तुष्टि पनि तपाईंका लागि निकै ठूलो धन साबित हुन सक्छ ।

६ जो राम्रो सेवक होइन, ऊ राम्रो मालिक पनि बन्न सक्दैन ।

७। स–साना कामलाई सफलतापूर्वक पूरा गर्नु ठूल्ठूला कामलाई अपूर्ण गर्नुभन्दा धेरै गुणा राम्रो र महत्वपूर्ण हुन्छ ।

८। क्षिाअनुसार नै मानिसले आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्छ ।

९। जीवनलाई खेल जसरी जिउनुपर्छ, खेल खेल्दाजस्तै रमाइलो गरी । यसो गर्दा मानिस सफल हुनका लागि प्रेरणा मिल्छ ।

१०। विश्वासका साथ लडेमा हाम्रो शक्ति दुई गुणाले बढ्छ ।

११। महान् बन्न चाहेमा स्वयं आफ्नो कामप्रति प्रेम गर्नुपर्दछ । जुन उचित लाग्छ त्यही काम गर्नुपर्छ, न कि अरूले भनेको काम गर्नुपर्छ ।

१२। एक राम्रो निर्णय ज्ञानमा आधारित छ र संख्यामा छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…
  • घरमै क्वारेन्टाइनमा बसेका डोल्पाका पुरुषमा कोरोनाको संक्रमण पुष्टि