शाइन रेसुंगा र नेशनल प्याथ ल्याबबीच सम्झौता

प्रकाशित मिति:

बुटवल/बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैक लि. र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा.लि. बुटवलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा शाइन रेसुंगा डेभलपमेन्ट बैक लि.का नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ र ल्याबका अध्यक्ष रुद्र कार्कीले हस्ताक्षर गरेका छन् । नेशनल प्याथ ल्याब नेपाल सरकारबाट ‘क’ वर्गको मान्यताप्राप्त अत्याधुनिक र सुविधासम्पन्न ल्याब (प्रयोगशाला) हो ।

यहां ट्युमर, क्यान्सर, हर्मोेन, मुटु, मिर्गाैला, कलेजो, बांझोपन, हाडजोनी, फूल बोडी चेकअप लगायत करिब आठ सय प्रकारका जांच हुने ल्याबका सञ्चालक शरद भुसालले जानकारी दिए । ल्याबसम्म आउन नसक्ने विरामीको घरमै पुगेर परीक्षण गर्ने सुविधा समेत रहेको र भुसालले बताए । यो सम्झौतापछि शाइन रेसुंगा बैंकका देशभरका जुनसुकै स्थानका ७० वटा शाखा कार्यालयका चारलाख भन्दा बढी खातावाल ग्राहकले १५ प्रतिशत छुट सुविधाबाट लाभान्वित हुनेछन् । उक्त ल्याबका बुटवल, भैरहवा, तम्घास, सन्धिखर्क, घोराही र धनगढी गरी ६ वटा शाखाबाटै बैंकका ग्राहकले यो छुट सुविधा लिन सक्ने छन् । क्षेत्रीयस्तरबाट राष्ट्रियस्तरमा स्तरोन्नति भएसंगै बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा बढी भन्दा बढी सुविधा दिने नीति अनुसार यसअघि बांकेको नेपालगञ्ज मेडिकल कलेज र बुटवलको सिद्धबाबा सुपरस्पेसलिस्ट हस्पिटल एण्ड रिसर्च सेन्टरसंग पनि सम्झौता गरेको छ । दुई अर्ब चुक्ता पुंजी रहेको बैंकको पुस मसान्तसम्म निक्षेप २७ अर्ब १२ करोड तथा कर्जा लगानी २४ अर्ब ३२ करोड रहेको छ ।