बिद्यार्थीलाई निशुल्क ट्रेकसुट वितरण

प्रकाशित मिति:

भैरहवा /धकधईमा रहेको राम नरेश यादव आदर्श माध्यमिक बिद्यालयले आफ्ना बिद्यार्थीहरुलाई निशुल्क ट्रेकसुट वितरण गरेको छ । बिद्यालय पोशाकमा एकरुपता ल्याउन तथा पोशाककै अभावमा बिद्यार्थी बिद्यालय आउनबाट बञ्चित नहोउन भनेर ट्रेकसुट वितरण गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बैजनाथ सहानीले बताए । उनले यसले बिद्यार्थी र बिद्यालयको अपनत्वमाु वृद्धि हुने समेत बताए ।

रामनरेश यादव आदर्श माध्यमिक बिद्यालयमा बालविकास देखी कक्षा १२ सम्म अध्ययनरत् करिब १ हजार ६ सय बिद्यार्थीहरुलाई उक्त ट्रेकसुट वितरण गरिएको थियो । ट्रेकसुट वितरणमा बिद्यालयका प्रधानअध्यापक रामजित प्रसाद चौधरी, बिद्यालयका सल्लाहकार बिद्या प्रसाद यादव, ब्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
विक्रम सम्वत २०१३ साल आश्विन १ गतेका दिन स्थापित यो विद्यालय त्यस क्षेत्रकै पूरानो बिद्यालयको रुपमा रहेको छ । विक्रम सम्वत २०३१ सालमा रुपन्देही जिल्लाका तत्कालीन जिल्ला सभापति राम नरेश यादवको निधन भए पश्चात् तत्कालीन जिल्ला  समिति रुपन्देहीले निर्णय गरी यस विद्यालयको नामलाई बदलेर श्री रामनरेश यादव आदर्श मावि धकधई नामाकरण गरिएको थियो ।नमूना बिद्यालय सूचिमा रहेको राम नरेश माविमा भौतिक पूर्वाधार मात्र नभई शैक्षणिक प्रविधिको विस्तार, छात्रावास, शिक्षकको ब्यवस्थापन, उनिहरुको क्षमता अभिवृद्धि लगायतमा समेत ब्यापक सुधार भई रहेको छ ।