मणिग्राममा स्वीचअनको शोरुम शुभारम्भ

प्रकाशित मिति:

तिलोत्तमा/घरयासी इलेक्ट्रोनिक्स सामान उत्पादन गर्दै आएको स्वीच अन कम्पनीले रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा शोरुम सञ्चालनमा ल्याएको छ ।ग्राहकलाई एउटै छानामुनी घरयासी इलेक्ट्रोनिक्स सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य सहित गैरे इलेक्ट्रोनिक्स एण्ड सप्लायर्सको नामबाट शोरुम सञ्चालनमा ल्याइएको हो । स्वीच अनले विश्वका उत्कृष्ट ब्राण्ड सामसुङ्ग, हिमस्टार, बजाज, अहुजा, टाइमेक्स, ग्यालेन्ज, प्रोलिङ्क, हन्टकी लगायत ब्राण्डका मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, एलईडी लाइट्स, घडीहरु तथा अन्य इलेक्ट्रोनिक्स सामानहरु बिक्री वितरण गर्दै आएको छ । प्रत्येक सामानमा एमआरपी र ट्याग उल्लेख गरिएकाले ग्राहकलाई सामान खरीद गर्न सहज हुने र कम्पनीले आफै सर्भिस प्रदान गर्ने गरेकाले उपभोक्तालाई सेवा लिन सहज हुने कम्पनीका पश्चिमाञ्चल प्रमुख टिएल घिमिरेले बताए ।

मणिग्राम शोरुमको बुधबार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष चैतनारायण भण्डारीले उदघाटन गरे । त्यस अवसरमा उनले तिलोत्तमा नगरपालिका उद्योग र व्यापार व्यवसायको लागि संभावना बोकेको नगर भएको भन्दै व्यवसायीहरुलाई उचित भाडादर तय गरी व्यावसायिक वातावरण निर्माण गर्नेतर्फ घरधनीहरुले पनि भूमिका खेल्नुपर्ने बताए । उनले तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको शुन्य पोलिथिनको अवधारणालाई सहयोग पुग्ने गरी व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।
स्वीअन कम्पनीको अधिकृत बिक्रेता गौरीशंकर इलेक्ट्रोनिक्स एण्ड सप्लायर्सका प्रोप्राईटर चन्द्रकान्त गैरेले शुभारम्भको अवसरमा ग्राहकलाई एकसातासम्म विभिन्न इलेक्ट्रोनिक्स सामानमा १५ देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिएको बताए ।

काठमाडौंको नक्साल नारायणचौरस्थित मुख्य कार्यालय रहेको स्वीच अनको हाल सम्म देशभरका विभिन्न शहरहरुमा शोरुम संचालनमा आएका छन् ।यसले व्यवसाय प्रति रुची भएका नव उद्यमीहरुलाई अवसर प्रदान गर्नुका साथै आत्मनिर्भर बनाउन मद्दत गर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार स्वीच अनमा आवद्ध भएर नव उद्यमीहरुले न्यून लगानीमा सुरक्षित व्यवसाय संचालन गर्न सक्छन् ।यसमा आवद्ध भएका नव उद्यमीलाई व्यवसाय संचालन गर्नु अगाडि स्वीच अनले उचित तालिम तथा प्रभावकारी बिक्री योजना, बजार व्यवस्थापन, अकाउन्ट सम्बन्धी जानकारी तथा मार्गदर्शन प्रदान गर्ने कम्पनीका पश्चिमाञ्चल प्रमुख घिमिरेले बताए ।