इटालीमा कोरोनाबाट संक्रमितको संख्या ४ सय पुग्यो , १२ जनाको मृत्यु,

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – इटलीमा कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको स्वास्थ्य अधिकारीहरुले जनाएको छन् ।मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३२० रहेको इटलीमा त्यो सङ्ख्या बढेर चार सय पुगेको बीबीसीले जनाएको छ । इटलीको उत्तरी भेग लोम्बार्डी र भेनिसनजिक रहेको भेनेटोमा कोरोनाको संक्रमण प्रभाव बढिरहेको उल्लेख छ।संक्रमण बढेपछि यसअघि १२ वटा शहरमा आवातजावत प्रतिबन्ध गरेको इटलीले शैक्षिक संस्था, सिनेमा हल, होटल तथा क्याफे बन्द गरिएका छन् ।

बुधवार अस्ट्रिया, क्रोएशिया, ग्रीस, नर्वे र स्विट्जरल्यान्डमा पनि कोरोनाभाइरसको पहिलो सङ्क्रमण भेटिएको बताइएको छ । गत डिसेम्बर अन्तिमा देखापरेको कोरोना भाइरसबाट हालसम्म ३४ राष्ट्रका ८० हजार जनाभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने दुई हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । मृतक अधिकांश चिनियाँ नागरिक हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न
  • तिलोत्तमामा धानको समर्थन मूल्य लागू , मोटाको २,७३५ र मध्यमको…
  • रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरे
  • देहरादून घटनामा घाईते विद्यार्थीको निःशुल्क उपचारको माग
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३१ औं पटक निशुल्क दुग्धजन्य…
  • लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग