प्रधानमन्त्री ओली र शेखर कोइरालाबीच बालुवाटारमा भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान करिब डेढ घन्टा जति छलफल भएको जनाएको छ। भेटका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलीयाले जानकारी दिएका छन्। छलफलका क्रममा कोइरालाले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको कुरा सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले देखाएको उल्लेख गर्दै अब नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सल्लाह दिएका छन्।

भेटमा कोइरालाले भने,’दुई तिहाइको सरकारले काम गर्ने अवसर पाउँदा पनि केही गर्न सकेको छैन। पार्टीभित्र विवाद चुलिँदै गएको छ।अब तपाईँले राजीनामा दिएर सबै पार्टीलाई मिलाएर अगाडि लैजानुको विकल्प छैन।’त्यसमा प्रतिपक्षी दलको सहयोग रहनेछ।’ कोइरालाको राजीनामाको कुरा सुनेपछि प्रधानमन्त्रीले ठट्यौलीपारमा भने,’ प्रतिपक्षी दलको धर्म नै हो राजीनामा माग गर्नु ।’ यसअघि पनि प्रधानमन्त्री र कोइरालाबीच भेटवार्ता भएको थियो।