११ वर्षीया बालिकालाई बलात्कार गर्दै भिडियो खिच्दै, कसैलाई भने सार्वजनिक गरिदिने धम्की

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


धनुषा – धनुषामा ११ वर्षीया बालिका सामूहिक बलात्कारमा परेको घटना सार्वजनिक भएको छ। लक्ष्मीनियाँ गाउँपालिका–५ गजरियाकी बालिकालाई दुई युवकले बलात्कार गर्दै फोटो र भिडियो खिचेको घटना सार्वजनिक भएको हो।

१० फागुनमा घरछेउको खेतमा घाँस काटिरहेकी बालिकालाई स्थानीय ३२ वर्षीय श्रीकिसुन र २२ वर्षीय अनिल ठाकुरले बलात्कार गरी भिडियो तथा फोटो खिचेको पीडित परिवारको आरोप छ। पीडितका अनुसार बलात्कार गरेको फोटो तथा भिडियो खिचेको र कसैलाई भने सामाजिक सञ्जालमा भाइरल बनाइदिने चेतावनी ती युवकले दिएका थिए।

पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो। उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न ३२ वर्षका श्रीकिसुन दासलाई पक्राउ गरेको छ। अर्का आरोपित २२ वर्षीय अनिल ठाकुर भने फरार छन्। उनको व्यापक खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया