वीपी प्रतिष्ठानमा डाक्टरहरुको लापरवाहीका कारण प्रसुती गराउन ल्याईएकी लक्ष्मी र बच्चाको मृत्यु !

प्रकाशित मिति:

सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रसुती गराउन ल्याईएकी विरामीको मृ’त्यु भएपछि वीपी प्रतिष्ठान धरानमा त’नाब सिर्जना भएको छ । उनलाई १२ गते प्रसुतीका लागि प्रतिष्ठानको प्रसुती वार्डमा भर्ना गरिएको थियो । लामो समय सम्म सुत्केरी व्यथा लाग्दा पनि समयमै प्रसुती नगरिएकोले बच्चा पेटमै म’रेको र आमाको पनि मृ’त्यू भएपछि प्रतिष्ठानमा त’नाब भएको हो ।

डाक्टरहरुको लापरवाहीको कारण इटहरीकी लक्ष्मी बुढाथोकी र पेटको बच्चाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल प्रशासन घेराउ गरेका छन् । बिहिबार विहान १ बजे तिर इटहरी ४ की बर्षिय लक्ष्मी बुढाथोकीको मृ’त्यु भएको हो ।

आमा र बच्चा दुवैको मृत्यूको कारण प्रसुती गराउन ल्याईएकी विरामीलाई समयमै चिकित्सकले नहेरेको र लापर्वही गरेको कारण आमा बच्चा दुवैको ज्यान गएको मृतकका मामा ससुरा गणेश चौहानले बताएका छन् । प्रतिष्ठानमा प्रसुती गराउन नसक्ने भए अन्त रेफर गर्नुको साटो त्यतिकै यहा राखिएकोले आमा बच्चा दुवैको मृत्यु भएको आफन्तले आ’रोप लगाएका छन् ।

‘मृ’तकका आफन्तलाई प्रतिष्ठान प्रशासनले बार्ताको लागि अडिटोरियम हलमा बोलाईएको भएपनि प्रतिष्ठानका पदाधिकारी समयमै आएनन्’ मृ’तकका आफन्त विक्रम थापाले भने । अहिलेसम्म बार्ता पुरा विवरण आईसकेको छैन । बार्तामा प्रतिष्ठानबाट डा. अर्चना ठाकुर, डा. रोहित रिजाल सहितको टोली छन् भने मृ’तकका तर्फबाट आफन्तहरु सहभागी छन् ।