ज्ञानेन्द्र शाहीलाई राखिएपछि पूर्वडीआईजी खरेलसहितको समूह ‘हाम्रो नेपाल, हामी नेपाली’बाट बाहिरिए

प्रकाशित मिति:

काठमाडौं – बिहीबार(आज) घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’अभियानबाट पूर्वडीआईजी रमेश खरेल लगायतको समूह बाहिरिएको छ । अभियानको औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको समूह अलग्गिने भएको हो ।

भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर घोषणा गरिने भनिएको अभियानमा ज्ञानेन्द्र शाहीलाई राखिएपछि तीनै जना तत्‍कालका लागि अलग्गिएका हुन् । ज्ञानेन्द्र शाही यसअघि नेपाली अभियानबाट हटाइएका थिए । पूर्वडीआईजी खरेलले तत्कालका लागि समूहमा नरहने र घोषणासभामा पनि उपस्थित नहुने जनाए ।