नेपाल प्रेस युनियन रुपन्देहीको शुभकामना आदानप्रदान सम्पन्न !

प्रकाशित मिति:

असोज २६ बुटवल ।
नेपाल प्रेस युनियन रुपन्देहीले बिजयादशमी, दीपावली र छठको अवसरमा बुटवलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवलको कालिकानगर स्थित होटल एसियनमा भएको कार्यक्रममा पत्रकार तथा बिभिन्न संघ सस्थाका अध्यक्ष प्रतिनिधि तथा राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कांग्रेस रुपन्देहीका सभापति तथा पुर्व राज्यमन्त्रि अब्दुल रज्जाकले दुई तिहाई बहुमत सहित कम्युनिष्ट नेतृत्वको सरकार बनेपनि अहिले जनताले त्यसको कुनै प्रत्याभुति गर्न नपाएको बताउनु भयो । उहाले सरकार बिशेषगरी शान्ति सुरक्षा कायम गर्न र निर्मला हत्याकाण्डका अपराधिलाई कानुनी दायरामा ल्याउन पुर्ण रुपमा असफल भएको बताउनु भयो ।

कांग्रेस प्रदेश संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले दुई तिहाई बहुमतको सरकार अहिले कुम्भकर्ण जस्तो सुतेको छ कि उठेकै छ जनताले थाहै पाउन नसकेको बताउनु भयो ।

नेकपाका नेता तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले तिन वटै तहका सरकारले जनतालाई हित हुने गरी काम गरीरहेको बताउनु भयो ।
युनियनका सभापति रेखा भुसालको सभापतित्व सचिव श्याम शंकर पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरी प्रसाद अर्याल, युनियनका पुर्व सभापति खिमानन्द भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, युनियनका उपसभापति कबिन्द्र नेपाल लगायतले बोल्नु भएको थियो ।