समृद्ध नेपाल बनाउन रोकौँ भ्रष्टाचार

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


दिनप्रतिदिन भईरहेको भ्रष्टाचार अत्याचार बलात्कार ईत्यादी विकृतिले हाम्रो देश नेपाल शान्तिको देश भएपनि अशान्तितिर लम्किरहेको छ ।देश हाक्ने नेताहरु नै दिनप्रतिदिन भ्रष्टाचार गरिरहने हो भने हामीले पाउने सन्देश के?  यसरी विकास निर्माण सफल होला या नहोला? हिजो महरालाई बलात्कारको दोष लगाईएको!त्यो खबर नसेलाउदै बास्कोटाको भ्रष्टाचारको पर्दाफास भयो यसको साथै प्रधानमन्त्री ओलीलाई समेत भ्रष्टाचारीको आरोप लागेको छ । हामी प्रस्ट छुट्याउन सक्छौ देश चलाउँने व्यक्तित्व निक्लेपछि हामी गरिब जनताले न्याय पाउने आस राख्ने कसरि?

हुनेलाई हुन माथि हुन रूनेलाई रून माथि रून भने जस्तै चोकचोकमा सडक बालबालिका रोइरहेका छन् अझै पनि खरको छानो टिन फेर्न पाएका छैनन् भने । के नेताहरुले भ्रष्टाचारी गर्नु जाहेज थियो त?  यो त स्वत गलत थियो । १रुपियाँ होस् वा १लाख भ्रष्टाचार भ्रष्टाचार नै हो! खण्डित भएको राष्ट्र हिजो पृथ्वीनारायण शाहले एकिकरण गरे तर आज यही राष्ट्र टुक्राटुक्रा पारि बेचिदै छ ।। कालापानी लिपुलेक जस्ता रमणीय ठाउँ हिजो छिमेकी राष्ट्र भारतले कब्जा गर्दा समेत मौन थियो ।। हुनत आफ्नो मातृभूमि बचाउन नसक्ने देशले अरू के गर्ला??? हामी सोझासाझा जन्ता यत्तिकै त रूनुपर्ने भयो नि!

प्रजातन्त्र आउदा पनि राणा शासन जस्तो व्यवहार किन?  दुख लाग्छ मलाई उखु किसानले पसिनाको मूल्य नपाउँदा परिश्रम अनुसारको पारिश्रमिक नपाउँदा अन्यायमा परेकाले न्याय नपाउँदा देश हाक्ने युवा विदेश पलायन हुँदा आफ्नै मातृभूमीमा बनवास धाउँदा यसरी अन्यायमा परेको गरिब जनताले न्याय पाउँछ त कहिले? हिजो पनि उही आमा छट्पटाइरहेकि थिईन् र आज पनि र यही गतिले जाने हो भने भोलि पनि नेपाल आमा छट्पटाइ रहनेछिन्!

एक व्यक्तिले ७० करोड भ्रष्टाचार गर्नुको सट्टा त्यो रकम विकास निर्माणमा लगाएको भए हाम्रो देश नेपाल पनि विकसित राष्ट्रमा गणना हुने थियो होला तर बिडम्बना हिजो गरिब नामले चिनिने यो देश आज पनि गरिब नै छ र यसरी दिनप्रतिदिन भ्रष्टाचार गरिरहने हो भने भोलि पनि यसरी नै चिनिनेछ । देशको मुहार फेरेको हेर्न चाहनुहुन्छ भने बन्द गर्नुहोस् भ्रष्टाचार रोक्नुहोस् अन्यायतिर लम्किएका पाईला र चाल्नुहोस् न्यायिक र विकसित कदम!

बबिता थापा (सन्ध्या)
रिब्दिकोट ०७ बतासे पाल्पा

फेसबुकबाट तपाईको प्रतिक्रिया