दुर्घटनामा घाइते सीपी मैनालीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया

File

काठमाडौं – सवारी दुर्घटनामा घाइते भएका माले महासचिव सीपी मैनालीलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले मैनालीलाई थप उपचारका लागि काठमाडौं पठाउन लागिएको जानकारी दिए । अहिले उनको महोत्तरीस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ।

बिहीबार बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो । उनका अनुसार मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो । मैनालीको खुट्टा फ्याक्टर हुनुका साथै शरीरका विभिन्न स्थानमा चोट लागेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण