शिक्षकसँग ३० हजार घुस लिने प्रधानाध्यापक पक्राउ

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


दैलेख – दैलेखको नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्रधानाध्यापक घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । भैरव मावि नौमुलेका प्रअ. नगेन्द्र बहादुर सिंहलाई अख्तियारको टोलीले तीस हजार घुससहित नियन्त्रणमा लिएको हो ।

प्रअ सिंह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर बस्नेतले उक्त विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च बापतको रकम उपलब्ध गराउने प्रयोजनका लागि पटक-पटक शिक्षकसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा सुर्खेतबाट खटिई गएको टोलीले तीस हजार घुस लिइसकेको अवस्थामा सिंहलाई नौमुले गा.पा. वडा नं. १ स्थित एनएमबी बैंक नौमुले शाखाको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया