३ दिनसम्म युवतीलाई डेरामा थुनेर बलात्कार गर्ने मन्त्रीका सल्लाहकार पक्राउ

प्रकाशित मिति:

काठमाडौं – नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार पक्राउ परेका छन् । उनी एक किशोरीलाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । रामवीर मानन्धरका आर्थिक सल्लाहकार ५२ वर्षे अमृतकुमार घलेलाई फागुन १ गते महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको टोखाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

चितवन स्थायी घर भएका उनी टोखामा फ्ल्याट लिएर बस्दै आएका थिए । उनले सिन्धुली घर भएकी किशोरीलाई गएको माघ २७, २८ र २९ गते फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको आरोप लागेको छ । किशोरीलाई फागुन १ गते उद्धार गरी सोही दिन घलेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

अहिले घलेलाई म्याद थप गरी अनुसन्धान भइरहेको र किशोरीलाई मनोवैज्ञानिक परामर्श गरी परिवारको जिम्मा लगाइएको छ । उनले आफू राज्यमन्त्री मान्नधरको सल्लाहकार रहेको भन्दै उम्किने प्रयास गरेका थिए ।