विराटनगर महानगरपालीकाको अन्तराष्ट्रीय मामीला सल्लाहकारमा सोमनाथ घिमीरे नियुक्त

प्रकाशित मिति:

सबलपोस्ट – विराटनगर महानगरपालीकाको अन्तराष्ट्रीय मामीला सल्लाहकारमा जीपी कोईराला फाउन्डेसन अमेरीकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विराटनगर महानगरपालीका मेयर भीम पराजुलिले नियुक्ती गर्नु भएको छ । उक्त पत्र अनुसार विराटनगर महानगरपालिका र अमेरिकाको कुनैपनि नगर या शहर सगं जेड्ने प्रवधान अथवा पुलको काम गर्नको लागि घिमीरेलाई जिम्मेवारी दिईएको छ।

अमेरिकाको कुनै पनि शहर सगं विराटनगर महापालिका सहकार्य गर्दै विराटनगरलाई एउटा आधुनिक र स्मार्ट सिटी बनाउनलाई घिमीरेको सुझाव र पहल हुनेछ भन्नेमा विश्वस्त छौं: मेयर पराजुलीले भन्नु भयो।

आजको आधुनिक युगमा विराटनगरलाई अझैं राम्रो र विराटनगरवासिहरुलाई सरल, सुर्लव र सजिलो कार्यका लागि “BUILDING BIRATNAGAR BETTER” भन्ने नाराका साथ नारा मात्रमै समिति नरहेर अब कार्ययोजना का साथ काम गर्न अघि बढेको छ भन्दै मेयर पराजुलीले सोमनाथ घिमीरेलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्नु भयो।