गुल्मीमा बेवारिसे शवको पहिचान हुन सकेन

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया

File Image

गुल्मी – गुल्मीमा एक बेवारिसे शवको पहिचान हुन सकेको छैन । तम्घास रेसुङ्गा नगरपालिका-८ स्थित बालमन्दिरमा बिरामी अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको थियो । बेवारिसे अवस्थामा भेटिएका ती पुरुषको मृत्यु भएको तर पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए ।

उनलाई बिरामी अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । उनको मृत्यु भएपछि शवको मुचुल्का गरी पोष्टमार्टम र पहिचाहनको लागि गुल्मी अस्पतालमै राखिएको छ । शव पहिचाहन नभएपछि सबै ठाउँमा खबर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मधेसी समुदायका जस्तै देखिने पुरुष हल्का कालो बर्णको, ५ फिट ४ इन्च उचाइ, मझौला शरीर, दाह्री कपाल पालेको र कालो ज्याकेट र पाइन्ट लगाएको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न
  • तिलोत्तमामा धानको समर्थन मूल्य लागू , मोटाको २,७३५ र मध्यमको…
  • रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरे
  • देहरादून घटनामा घाईते विद्यार्थीको निःशुल्क उपचारको माग
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३१ औं पटक निशुल्क दुग्धजन्य…
  • लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग
  • बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु
  • श्री हिमालय श्रंखला चौँरी युवा क्लवद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई…