चर्चित गायिकाको पिडा : मलाई पापीहरुले बन्धक बनाएर लामो समयसम्म बलात्कार गरिरहे

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


एक चर्चित गायिकाले गम्भीर खुलासा गरेकी छिन् । ग्रामी अवार्ड विजेता गायिका डफी (एमी एनी डफी) ले आफूमाथि आक्रमणकारीले लागुऔषध खुवाएर बलात्कार गरेको खुलासा गरेकी छन् । ३५ वर्षकी बेलायती गायिका डफीले सामाजिक सञ्जाल इन्स्टाग्राम लेखेकी छन्, ‘सामान्य अवस्थामा फर्किन समय लाग्यो । कृपया मलाई विश्वास गर्नुहोस् । म अहिले ठीक र सुरक्षित छु ।’

सन् २००७ बाट ‘रकफेरी’ एल्बमबाट सांगीतिक यात्रा सुरु गरेकी उनले सोहीबाट ग्रामी अवार्ड जितेकी थिइन् । ‘मलाई बन्धक बनाएर लागुऔषध खुवाई बलात्कार गरियो । यो लेख्नुअघि मैले कयौं पटक सोचेकी थिए । मलाई यो कुरा बोल्न किन यत्रो समय लाग्यो भन्ने थाहा छैन । यसबारे बोल्दा सहज महसुस गरिरहेकी छु, ’उनले लेखेकी छन्, ‘मलाई के भयो र कहाँ हराएँ भनेर सबैलाई लागि रहेको होला। एक पत्रकारले मलाई सम्पर्क गरे। मैले उनलाई गत गर्मी मौसममा सबैकुरा भनेको थिए। उनी असल थिए र अन्ततः बोल्दा सहज महसुस भएको थियो।’

‘सत्य कुरो हो, कृपया मलाई विश्वास गर्नुहोस्। म अब ठीक र सुरक्षित छु। मलाई लागुऔषध खुवाएर केही दिन बन्धक बनाएर बलात्कार गरिएको थियो। तर म बाँच्न सफल भएँ। सामान्य अवस्थामा फर्कन समय लाग्यो। यो भन्न सहज नभएपनि म भन्न सक्छु। पछिल्लो दशकमा, हजारौं दिनहरूमा मैले घामको उज्यालो महसुस गर्न कोशिस गरें। तर, असफल रहें। अहिलेचाँहि घाम लागेको छ,’ उनले लेखेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न
  • तिलोत्तमामा धानको समर्थन मूल्य लागू , मोटाको २,७३५ र मध्यमको…
  • रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरे
  • देहरादून घटनामा घाईते विद्यार्थीको निःशुल्क उपचारको माग
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३१ औं पटक निशुल्क दुग्धजन्य…
  • लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग
  • बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु
  • श्री हिमालय श्रंखला चौँरी युवा क्लवद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई…