देवदहका मेयर खत्रीलाई ‘नेल्टा’ सम्मान

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


झविन्द्र देवकोटा / बुटवल – रुपन्देहीका दुई दुग्ध संकलन डेरी ब्यवसायीलाई पुशु पालनको क्षेत्रमा योगदान दिएको भन्दै बिहीबार काठमाण्डौमा सम्मान गरिएको छ । पशु, पशुजन्य तथा दुग्ध उत्पादन, संकलन तथा वितरणको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ काठमाण्डौ (नेल्टा) ले रुपन्देही देवदहका हिराबहादुर खत्री र अप्सरा खत्रीलाई नेल्टा सम्मानले सम्मान गरेको हो ।

नेल्टाको दोस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा ब्यवसायीद्वय खत्रीलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ । अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोईराला लगायतले शिव गंगा डेरी उद्योग भलुहीका संचालक हिराबहादुर खत्री र गोधुली डेरी सप्लायर्स प्रालि रुपन्देहीका संचालक अप्सरा खत्रीलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो । खत्री देवदह नगरपालिकाका नगरप्रखुम समेत हुनुहुन्छ । नेल्टाको अधिवेशन तीन दिनसम्म चल्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा
  • भीरकोट जेसिजको सप्ताह ब्यापीकार्यक्रम भव्यताका साथ सम्पन्न
  • तिलोत्तमामा धानको समर्थन मूल्य लागू , मोटाको २,७३५ र मध्यमको…
  • रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरे
  • देहरादून घटनामा घाईते विद्यार्थीको निःशुल्क उपचारको माग
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले ३१ औं पटक निशुल्क दुग्धजन्य…
  • लायन्स बुटवल मुक्तिनाथ द्वारा आर्थिक सहयोग
  • बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु
  • श्री हिमालय श्रंखला चौँरी युवा क्लवद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई…