एनआरएन यूकेले स्वास्थ्यमन्त्री यादव एबम बनमन्त्री बस्नेत संग अन्तर्कृया सम्पन्न गरेको छ !

प्रकाशित मिति:

लन्डन/ बेलायत घुम्न आएका स्वास्थ्यमन्त्री उपेन्द्र यादव , बनमन्त्री शक्ति बस्नेत ,संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राई र बरिस्ठ महिला नेत्री सुशिला श्रेष्ठ सँग एनआरएन यूकेले अन्तरकृया सम्पन्न गरेको छ ।

द प्यालेस अल्डरसटमा बिहीवार सम्पन्न भएको कार्यक्रममा एनआरएन युकेका महासचिब राजकुमार त्रिपाठीको संचालन र बेलायतका लागि नेपाली राजदुत डा दुर्गा सुबेधीको बिशेष आतिथ्यतामा सम्पन्न भएको छ ।

साथै दोस्रो चरणको कार्यक्रममा बेलायत स्थित नेपालीबासिले स्वास्थ्य मन्त्री यादब संग बिभिन्न बिषय समेटेर आफ्ना जिज्ञासाहरु समेत ब्यक्त गरेका थिए । दोस्रो चरणको कार्यक्रमको संचालन एनआरएन युकेका उप- महासचिब बिनय अधिकारीले गरेका थिए ।