३८ औँ मगर एकता दिवसको अवसर पारि नवलपरासी सहित देशैभर बिबिध कार्यक्रम गरि मनाईयो

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
32 Shares


नवलपरासी /३८ औँ मगर एकता दिवसको अवसर पारि नवलपरासी सहित देशैभर मगर समुदायले विविध कार्यक्रमको आयोजना गरि मनाएका छन । यसैविच ५ नं प्रदेशलाई मगरात पहिचान सहितको नामाकंन गर्ने अभियमनमा लागौं भन्ने मुलनाराका साथ ३८ औं मगर एकता दिवस नेपाल मगर सघं बर्दघाट नगर समितीको आयोजनामा पश्चिम नवलपरासीको बर्दघाटमा कार्यक्रम सम्पन्न भएको छ । नेपाल मगर सघंका नगर समिती अध्यक्ष पुर्ण बहादुर रानाको अध्यक्षयता एवम् प्रदेश नं ५ का प्रदेश सदस्य विर बहादुर राना मगरको प्रमुअ आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी रानाले यस संघले यस किसिमको कार्यक्रमको आयोजना गरि मगरहरुलाई एकतामा बाध्न सहयोग गरेकोमा आयोजकलाई धन्यबाद दिदै मगर एकता दिवसको अवरमा सम्पुर्ण मगर समुदायमा शुभकामना समेत दिनुभएको थियो ।

सो अवसरमा बर्दघाट नगरपालिका नगर उपप्रमुख मायादेवि पौडेल ,वडा नं २ की वडा अध्यक्ष दर्या दलार्मी, नेपाली काग्रेस बर्दघाट नगर सभापती सम्भुलाल श्रेष्ठ , काठमाडौ मगर सघंका अध्यक्ष डब बहादुर गबुर्जा, मगर सघं प्रदेश ५ का सदस्य तेजेन्द्र पुर्जा , मन बहादुर पुलामी मगर लगाएतले मन्तव्य राख्नुका साथै शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा मगर भेषभुषा ,खाना का साथै विभिन्न सांकृुर्तीक कार्यक्रम समेत प्रस्तुत गरीएको थियो । नगर उपाध्यक्ष नर बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नगर सचिव मेयर सिंङ्ग थापा ,प्रेम कामु र पिपला मगरले संयुक्त रुपमा गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया