दृष्टीकोण होईन सूचना सम्प्रेशण गरौंः मुख्यमन्त्री

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
9 Shares


बुटवल/ प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारकर्मीले सूचना सम्प्रेशणको नाममा व्यक्तिगत दृष्टिकोण सम्प्रेशण नगर्न आग्रह गरेका छन् । समाचार सामग्री तैयार गर्दा सञ्चारकर्मीले आफ्नो दृष्टीकोणबाट मूक्त भई सूचनामात्रै सम्प्रेशण गर्न उनको आग्रह थियो । सिद्यार्थ पब्लिकेशन प्रालिद्वारा प्रकाशित दैनिक लुम्बिनी पत्रिकाको ३२ औं बार्षिकोत्सवमा बुटवलमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकरपोखरेलले सञ्चारकर्मीको जिम्वेवारी नागरिकलाई आफ्नो दृष्टीकोण बनाउन सहयोग गर्नुमात्रै भएको बताए । सञ्चारकर्मीले निष्कर्ष निकाल्न हतार गर्छ । निष्कर्ष निकाल्ने काम जनताको हो । दृष्टीकोण बनाउन नागरिकलाई सहयोग गर्ने हो । पत्रकालले आफ्नो दृष्टीकोण प्रस्तुत गर्ने होइन ।’ उनले भने । मुख्यमन्त्री पोखरेलले आम सञ्चार माध्ययममा यस्तोखालको मान्यता स्थापीत गर्न समेत आग्रह गरेमा समाचारको स्तर माथि उठ्ने बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले राज्यप्रतीको विद्रोही चेतले सूचना सम्प्रेशण भएको बताउँदैं त्यस्तो चेतले पत्रकारिता गरेर बलियो राज्य निर्माण नहुने बताए । उनले भने,‘पहिलेको जस्तो विद्रोही चेतले पत्रकारिता गरेर पुग्दैन । राज्य र हामी अलग हौं भन्ने चेत सचेत तप्का मै छ ।’ साथै उनले कार्यक्रममा राज्यलाई कमजोर पार्ने चिन्तनको मात्रै पैरवी गरेर राज्यलाई बलियो बनाउन नसकिने बताउँदैं सचेत तप्कामा समेत राज्यलाई आफ्नो ठान्ने चिन्तनको खाँचो रहेको औंल्याए । मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धीको आधार पर्यटनको विकास भएकाले त्यसअघि कृषीको आधुनीकिकरण र औद्योगिकीकरण जरुरी रहेको बताए । प्रदेश ५ का ७० प्रतिशत जनता कृषिमा आवद्ध भएपनि त्यसले प्रयाप्त लाभदिन नसकेको उनको भनाई छ । उनले औद्योगिकीकरणका लागि निजी क्षेत्रलाई लगानी गर्न आग्रह समेत गरे ।

पर्यटन विकासका लागि लुम्बिनीलाई ‘मिनि ठमेल’का रुपमा विकास गर्नुपर्ने बताए । ‘ठूला होटेल खोल्दैमा पर्यटक आउने होईनन् । होटेल व्यवसायीले ठमेल र लेकसाईडबाट सिक्न जरुरी छ ।’ उनले भने,‘लुम्बिनीमा मायादेवि घुम्ने पर्यटक धेरै हुदैंमा आर्थिक विकास हुन सक्दैन । अव लुम्बिनीलाई पनि मिनि ठमेलका रुपमा विकास गर्नु पर्छ ।’ उनले ठमेलमा पर्यटकले पाउने सुविधा लुम्बिनीमा हुन सक्यो भने आर्थिक गतिविधि बढ्ने बताए । ‘पर्यटक बढ्ने तर अर्थतन्त्र सुक्ने हुनु हुदैंन ।’ उनले भने । लुम्बिनीको वीस्तृत गुरुयोजना कार्यान्वयनमा बाधा पु¥याउनेका विरुद्धमा कलम चलाउन सञ्चार माध्ययमलाई आग्रह गरे । विकास विरोधीप्रति मिडियाहरु निर्मम बनेमात्रै समृद्धीको लक्ष्यमा पुगीने भन्दै उनले राज्यलाई आक्रमण गर्ने नीति अवलम्बन नगर्न आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनीसहितका क्षेत्रको अध्ययन अनुसन्धानका लागि प्रदेश सरकारले अनुसन्धानवृत्ती उपलब्ध गराएपनि अनुसन्धानकर्ता आउन नसकेकोप्रति निराशा व्यक्त गरे । यस क्षेत्रको पर्यटन विकासका लागि अनुसन्धान पहिलो शर्त भएको उनले बताए । साथै मुख्यमन्त्री पोखरेलले थोरै लगानीमा सञ्चालन गरिएको भएपनि लाङमा सञ्चालन गरिएको प्रदेश एक्पो सफल भएको समेत दावी गरे । उनले प्रदेशमा लगानी भित्र्याउनका लागि बैशाखमा लगानी सम्मेलन गर्न लागिएको समेत जानकारी दिए । मुख्यमन्त्री पोखरेलले ३२ औं बार्षिक उत्सवको अवसरमा दैनिक लुम्बिनीले प्रकाशन गरेको ‘गन्तव्य’ विशेषाङ्कको प्रशंशा गरे । प्रदेशको लुम्बिनी भ्रमण बर्ष र नेपाल भ्रमण बर्ष सफल पार्नमा महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिए । कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराईले मुलुककोसमृद्धी यात्रामा मिडियाको भूमिका महत्वपूर्ण हुने बताए । दैनिक लुम्बिनीले पञ्चायकालदेखि गणतन्त्रसम्मको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

त्यस्तै प्रदेश सभा सदस्य रमा अर्यालले जनताको अधिकार र लोकतन्त्रको लागि मिडियाले शशक्तरुपमा कलम चलाउन पर्ने बताईन् । मिडिया बलियो भएमात्रै लोकतन्त्र बलियो हुने उनको भनाई थियो । तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले कुनै एउटा जनप्रतिनिधिले गरेको गलत काममा समग्र सबै जनप्रतिनिधिहरुलाई जोडेर नैतिक पतन हुनेगरि समाचार सम्प्रेशण नगर्न सञ्चारकर्मीलाई आग्रह गरिन् । साईन रेसुङ्गा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आर्थिक बिकासको नेतृत्व प्रदेश ५ले गर्न सक्ने बताए । युवाहरुलाई उद्यममा जोड्न सके युरोपमा देखिने भविष्य नेपालमै सम्भव हुने उनले बताए । कार्यक्रममा पुर्वसम्पादक डि.आर घिमिरे, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीले बोल्दै लुम्बिनी दैनिकले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताए । सिद्यार्थ पब्लीकेशनका अध्यक्ष मोहन चापागाईले मुलुकको समृद्धी र जनताकोअधिकारका लागि लुम्बिनीले निरन्तर कलम चलाउने प्रतिवद्धता जनाए । मोफसलमा नीजि क्षेत्रबाट निरन्तररुपमा प्रकाशित पहिलो पत्रिका दैनिक लुम्बिनीलाई अझैं जनमुखी र जवाफदेहिता बनाउदैं लैजाने जिम्वेवारी रहेको बताए । पत्रिकाका सम्पादक यानेनद्र जिसीको संचालनमा भएको कार्यक्रममा पूर्वसम्पादकहरु कर्णबहादुर कार्की, डिआर घिमिरे, विनोद पहाडी, चतुर्भूज आत्रेय, गिरी श्रीष, दिपक ज्ञवाली, सुरेश गुरागाईलाई सम्मान गरिएको थियो । त्यस्तै पत्रिकाका विज्ञापनदाताहरु फिस्टेल मिडिया, बुद्ध पावर, साईन रेसुङ्गा डेभलपमेण्ट बैंक, मिशन डेभलपमेण्ट बैंक, शिवशक्ती शोप उद्योग, लोक शुशिला अटोलाई सम्मान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भिडियो कन्फरेन्समा बस्यो तिलोत्तमा नगर कार्यपालिकाको बैठक
  • तिलोत्तमाको राहत कोषमा झण्डै ३६ लाख संकलन :राहत वितरणमा हालसम्म…
  • गोर्खाली युवा सशक्तिकरणद्वारा निशुल्क सेनेटाईजर वितरण
  • कोरोना भाइरसको औषधि पत्ता लागेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी
  • कोरोना भाइरसले साउदी राजपरिवारका १५० जना संक्रमित
  • सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको मानमर्दन गर्ने दुई जना पक्राउ
  • बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
  • मानवता हराएको सहर
  • सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर असन्तुष्ट पक्षले गरे पत्रकार…
  • आजको मौसम :मेघगर्जन, चट्याङ् र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना