राप्ती गाउँपालिका नेपालकै दोस्रो सडक मानवमुक्त गाउँपालिका घोषणा

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
13 Shares


तिर्थराज ज्ञवाली /दाङदाङको राप्ती गाउँपालिका नेपालकै दोस्रो सडक मानव मुक्त गाउँपालिका घोषणा भएको छ । विहिवार एक समारोहका विच प्रदेश नं। ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले गाउँपालिकालाई सडक मानवमुक्त गाउँपालिका घोषणा गर्नुभएको हो ।राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको घोषणा कार्यक्रम गाउँपालिका क्षेत्रका विभिन्न बजार क्षेत्रबाट सडकमा रहेका असहाय, अभिभावक विहिन र आफन्तजनबाट टाढिएकाहरुले सडकलाई नै आश्रयस्थल गराईरहेकाहरु लाई अयियान नै संचालन गरेर उद्धार गरिएपछि गाउँपालिकालाई सडक मानव मुक्त गाउँपालिका घोषणा गरिएको हो ।

घोषणासभामा प्रदेश ५ का सामाजिक विकास मन्त्रि सुर्दशन बरालले अब कसैले सडकलाई घर बनाउनु नपर्ने बताउनु भएको छ । प्रदेश सरकारले गत आर्थिक बर्षबाटै सडक मानव मुक्त बनाउनको लागि नीति बनाइसकेको जानकारी दिदै उहाँले केहि समय भित्रै प्रदेशका सबै जिल्लालाई मानव मुक्त जिल्ला घोषणा गर्ने जानकारी दिनुभयो ।
घोषणा कार्यक्रममा बोल्दै मन्त्रि सुर्दशन बरालले ‘केही समय पछि प्रदेश ५ का सडकमा बेसाहरा मानवहरु देख्नु पर्दैन, सरकारले सडक मानवको लागि उचित व्यवस्थापन र साहारा दिने काम गर्र्ने र नेपालगंज र बुटवलबाट सडक मानवमुक्त क्षेत्रमा काम भइरहेको जानकारी दिदै यस क्षेत्रमा काम गरिरहेका संस्थाहरुको पहल सकरात्मक रहेको बताउनु भएको छ । घोषणासभाका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री बरालले प्रदेश ५ को यो कार्यले अन्य प्रदेशलाई पनि राम्रो शिक्षा हुने जानकारी दिदै मानवलाई सडकमै आउनुनपर्ने गरि परिवारबाट यस्को व्यवस्थापन आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बरालले मानवले मानवलाई मानवको रुपमा मायाँ ममता र सहयोग गरौ भन्ने उदेश्य सहितको असहाय, अभिभावक विहिन अशक्त बेसहारा, बेबारिसे मनोसामाजिक समस्या भएका सहयोगापेक्षी सडक आश्रीत व्यत्तिरहित राप्ती गाउँपालिकाको घोषणपत्र बाचन गरेर सुनाउनु भएको थियो ।कार्यक्रममा प्रदेश साँसद दामा शर्माले सरकारले सबै नागरिकको अभिभाकत्व ग्रहण गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश साँसद इन्द्रजित थारु, रेवतीरमण शर्मा, पुर्ब प्रतिनिधि सभा सांसद शुसिला चौधरी, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल लगायतकाले अभियान तथा घोषणा कार्यको सफलताको शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।

राप्ती गाउँपालिको आयोजना र निलसागर सेवाश्रमको सक्रियतामा गाउँपालिका सिसनियाँ, भालुवाङ, लालमटीया क्षेत्रबाट सडकमा रहेका बेसहरा सडक मानहरुलाई उद्धार गरि आश्रममा राखिएको छ । दाङबाट हाल सम्म ४१ जनालाई उद्धार गरिएको मध्ये ३१ जनालाई राप्ती गाउँपालिकामा स्थापना गरिएको नीलसागर आश्रम राखिएको नील सागर सेवाश्रम दाङका संयोजक प्रकाश विष्टले जानकारी दिनुभएको छ ।गाउँपालकिा अध्यक्ष नुमानन्द सुवेदीले तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले सडक मानव मुक्त समाज घोषणा गर्ने गरि काम गरेका सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्दै स्थानीय सरकार सडक मानवमुक्त अभियान कार्यान्यन गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यस संगै दाङको राप्ती गाउँपालिका बाँकेको खजुरा गाउँपालिका पछिको दोस्रो सडक मानवमुक्त गाउँपालिका घोषणा भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…
  • राजनैतिक दलहरुद्धारा लकडाउनको कडाइका साथ पालना गर्न ध्यानाकर्षण
  • देविस्थान युवा क्लबद्धारा धुर्कोट जैसिथोकका केहि विपन्न परिवारलाई मास्क वितरण
  • सिरहाको गाउँपालिकामा निजि जग्गामा सडक बनाउने विषयमा बिवाद
  • स्थानीय सरकारका ताजा बजेटहरू र तिनीहरुको हालको अवस्था
  • शिक्षामन्त्रीले दिए अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न निर्देशन
  • स्वस्तिक सहकारी द्धारा राहातकोषमा सहयोग
  • बालबालिकालाई मनोरोग लाग्नबाट कसरी बचाउने