प्रियंका र आयुष्मानले गरे बिहे

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानूनी रुपमा बिहे गरेका छन् । प्रियंकाले आयुष्मानसँगको तस्वीर शेयर गर्दै कानूनी रुपमा बिहे गरेको जानकारी दिएकी हुन् ।आज प्रियंका कार्कीको जन्मदिन पनि हो । जन्मदिनको अवसर पारेर प्रियंका र आयुष्मानले कानूनी बिहे गरेका हुन् ।

यी दुईको बिहेमा परिवारका सीमित सदस्य उपस्थित थिए । उनीहरुले ललितपुर जिल्ला अदालतमा बिहे गरेका हुन् ।

भोलि शुक्रवार यो जोडीले नेपाली परम्पराअनुसार बिहे गर्नेछ । यी दुईले बिहेका लागि एक बैंक्वीट रिजर्भ गरेका छन् ।

लामो समय प्रेममा रहेका आयुष्मान र प्रियंकाले असारमा नै बिहे गर्ने भनिए पनि परिवारको समय नमिलेका कारण फागुनमा सरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया