वास्तुशास्त्रः मयुरको प्वाँख घरमा राख्नाले हुन्छ यस्तो फलिफाप

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
9K Shares


मयुरको प्वाँखलाई पुजनीय र पवित्र मानिन्छ । भगवान श्रीकृष्णले टाउकोमा सधैं मयुरको प्वाँख धारण गर्ने भएको हुनाले पनि धार्मिकतासँग मयुरको प्वाँख जोडिएको हो ।मयुरको प्वाँख राख्नाले सौभाग्य ल्याउने धार्मिक विश्वास छ । वास्तुशास्त्रका अनुसार मयुरको प्वाँख घरमा राख्दा हुने फाइदाहरु धेरै छन् । जुन विषयमा यहाँ चर्चा गरिएको छ ।यदी कुनै जरुरी काम पूरा हुँदाहुँदै रोकिएको छ भने आफ्नो बेडरुमको पूर्वीदक्षिण दिशामा मयुरको प्वाँख राख्नुहोस् । यसले रोकिएको काम पुरा हुनेछ ।

यदि तपाईको पैसा कहीँ अड्किएको छ अर्थात तपाईले ऋण दिएर उक्त ऋण उठेको छैन भने पनि मयुरको प्वाँख घरमा राख्नले ऋण उठ्ने विश्वास गरिन्छ ।

त्यस्तै घर अथवा पसलको दक्षिण–पूर्वी दिशामा प्वाँख राख्नाले घरबाट नकारात्मकता दोषहरु निवारण हुन्छन् ।

घरको मुख्य द्वारमा तीन वटा मयुर प्वाँख स्थापित गर्नाल, घरको वास्तुदोष निवारण हुन्छ

जो व्यक्तिले सधैं आफूसँग मयुरको प्वाँख राख्ने गर्छ, उसलाई हरेक काममा सफलता मिल्ने विश्वास गरिन्छ । किताब तथा डायरीमामयुर प्वाँख राख्नाले शुभ हुनेछ ।

कुनै पनि शुभ दिनमा मयुर प्वाँख घरको यस्तो ठाउँमा राख्नुहोस्, जहाँ आउने जाने मान्छे सबैले देखुन् । यसले घरमा वैभवता छाउँछ भने घरमा हुने कलह रोकिन्छ । घरभित्र उत्पन्न हुने नराम्रा भावना निवारण हुने विश्वास गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • राजनैतिक दलहरुद्धारा लकडाउनको कडाइका साथ पालना गर्न ध्यानाकर्षण
  • देविस्थान युवा क्लबद्धारा धुर्कोट जैसिथोकका केहि विपन्न परिवारलाई मास्क वितरण
  • सिरहाको गाउँपालिकामा निजि जग्गामा सडक बनाउने विषयमा बिवाद
  • स्थानीय सरकारका ताजा बजेटहरू र तिनीहरुको हालको अवस्था
  • शिक्षामन्त्रीले दिए अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था बुझ्न निर्देशन
  • स्वस्तिक सहकारी द्धारा राहातकोषमा सहयोग
  • बालबालिकालाई मनोरोग लाग्नबाट कसरी बचाउने
  • बेलायत, जर्मनी र क्यानडामा नेपाल एयरलाइन्सले चार्टर्ड उडान गर्ने
  • बर्दघाट १० पुन : ४० घरपरीवारलाई वडा द्धारा राहात बितरण
  • बहराइनमा वस्ने नौ नेपाली कामदारमा कोरोना संक्रमण देखीयो