घरबहाल महासंघको महाधिबेशन लुम्बिनीमा

१५ फाल्गुन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


हरिश ढकाल /बुटवल– नेपाल घरबहाल सरोकार महासंघको चौथो बार्षिक साधारण सभा तथा दोश्रो महाधिबेशन यहि फागुन १६ र १७ गते लुम्बिनीमा हुने भएको छ । मुलुकभरका बिभिन्न २६ जिल्लाका करिब २ सय जना प्रतिनिधी तथा पर्यबेक्षकहरुको सहभागिता रहने सो महाधिबेशनले आगामी ३ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।
आज बिहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि महासंघले सो कुरा जानकारी गराएको हो । लुम्बिनी भ्रमण बर्ष २०७६ र नेपाल भ्रमण बर्षको अवसर पारेर सातै प्रदेशका प्रतिनिधी तथा पर्यबेक्षकहरुको सहभागितामा लुम्बिनीमा महाधिबेशनको आयोजना गरिएको महासंघका अध्यक्ष शंकर कोईरालाले बताउनु भएको छ ।

अन्तराष्ट्रिय घरबहाल महासंघको सदस्य समेत रहेको नेपाल घरबहाल सरोकार महासंघको महाधिबेशनले बहाल क्षेत्रका समस्या समाधान गर्न निति, कार्यक्रम र योजना बनाउने अध्यक्ष कोईरालाले बताउनु भयो ।बहाल अधिकार सहित सुरक्षित, सुन्दर र समृद्ध शहर निर्माण योगदानका लागि हाम्रो संस्थागत अभियान, बहाल तथा ब्यबसायिक क्षेत्रको एकता र सद्भाव बिकासका लागि दोश्रो अधिबेशन भन्ने मुल नारा सहित महाधिबेशन आयोजना गरिएको अध्यक्ष कोईरालाले जानकारी गराउनु भयो । सिद्धान्ततः जग्गा वा घर तथा भवनमा भाडामा लिएर उद्योग ब्यबसाय संचालन गर्ने बस्ने बहालवालाहरुले नै शहरको बिकासमा मुख्य योगदान गर्ने भनिए पनि सरकार र सामाजिक क्षेत्रबाट यसको महत्व बुझ्ने प्रयास नहुदा बहामा बस्नेहरु माथि दोश्रो दर्जाको नागरिक सरह ब्यबहार हुने गरेको उहाँले बताउनु भयो ।

आफुहरुको लामो प्रयास पश्चात राज्यका तर्फबाट घरबहाल सम्बन्धी केही कानुनहरु बनेको भएपनि बहालमा बस्नेहरुको हकहित संरक्षण र बिकासका दृष्टिले अझै अपुग रहेकोले महासंघले आफ्नो अभियान जारी राखेको अध्यक्ष कोईरालाले बताउनु भयो । सो अवसरमा महासंघका सल्लाहकार हरिश ढकालले बहालमा बस्नेहरुका पक्षमा बोल्ने कानुन नबन्दा बहालवाला संधै असुरक्षित अवस्थामा रहने गरेको भन्दै राज्यको ध्यान नपुग्दा बहाल क्षेत्रबाट राजश्वको ठुलो हिस्सा गुमेको चर्चा गर्नु भयो । घर बहाल संघ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेल, उपाध्यक्ष राजु लिगल लगाएतले समग्र देशको आर्थिक बिकासमा महत्वपुर्ण टेवा पुराउने बहाल क्षेत्रका समस्या समाधान गर्न राज्यको ध्यान नपुगेको गुनासो गर्नु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण