रुपन्देही उद्योग संघमा अध्यक्षीय परिषद गठन

प्रकाशित मिति:

बुटवल/रुपन्देही उद्योग संघमा अध्यक्षीय परिषद गठन भएको छ । संघका पूर्व अध्यक्षहरुको भेलाले पूर्व अध्यक्ष सतिशचन्द्र कसौधनको संयोजकत्वमा अध्यक्षीय परिषद गठन गरेको हो । गठित समितिको सदस्यहरुमा संस्थापक अध्यक्ष रण बहादुर शाह, पूर्व अध्यक्षहरु प्रद्युम्नलाल श्रेष्ठ, डम्मबरदेव अर्याल, बेनुराम प्रधान, महेन्द्रनारायण श्रेष्ठ, एजाज आलम, तेजकुमार पाठक, बोनिन पिया, दिनेशराज रेग्मी, निवर्तमान अध्यक्ष गणेशप्रसाद अधिकारी रहनु भएको छ । समितिको सदस्य सचिवमा वर्तमान अध्यक्ष बाबुराम बोहोरा रहनु भएको छ ।

संघको विधान अनुरुप पूर्व अध्यक्षहरुको सहभागितामा अध्यक्षीय परिषद गठनको व्यवस्था भए बमोजिम परिषद गठन गरिएको अध्यक्ष बाबुराम बोहोराले बताउनु भएको छ । भेलामा पूर्व अध्यक्षज्यूहरुले संघको विगतका गतिविधि सम्बन्धी अनुभवबारे बोल्नुहुँदै वर्तमान क्रियाकलाप सम्बन्धमा राय सुझावहरु समेत प्रस्तुत गर्नु भएको थियो ।
भेलामा संघका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।