लघु चलचित्र “गरिबी”को छायांकन सम्पन्न

प्रकाशित मिति:

सुदिप गौतम / बुटवल – गरिबीका कारण उत्पन्न हुने समस्याको बारेमा निर्माण भएको लघु चलचित्र गरिबीको छायांकन सम्पन्न भएको छ । यसको भाग केहि एपिसोड सम्म लम्बिन सक्ने निर्माण युनिटले जनाएको छ । उक्त फिल्मलाई सुरेश नेपालले निर्माण गरेका हुन् ।काम एकदम मिहेनतका साथ् गरिरहेको निर्माता नेपालको भनाई छ ।

उक्त फिल्म ” गरिबी “मा लक्ष्मण कालिराज, सुरेश नेपाल , मनिषा सुनार ,प्रिती बिश्वकर्मा ,बिनय उदय ,प्रेम कार्की बिष्णु पाण्डे ,मनिषा बि सी ,ज्योति पाण्डे सुदिप गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । उक्त चलचित्रको छायांकन /सम्पादन र निर्देशन दिपक परियारले गरेका छन ।भने चलचित्रको कथा सुदन गौतमले तयार पारेका हुन् । उक्त चलचित्रको सफलताको शुभकामना