सिद्धबाबामा ढुंगाले च्यापेर घाइते भएका गुल्मीका कांग्रेस नेता बाबुकाजीको मृत्‍यु

प्रकाशित मिति:

बुटवल – सिदार्थ राजमार्ग अन्तर्गत पाल्पा- बुटबल सडक खण्डको सिद्धबाबामा माथिबाट खसेको ढुंगाले च्यापेर घाइते गुल्मी रेसुङ्गा नगरपालिका ८ का ४८ वर्षिय कांग्रेस नेता महेन्द्र प्रसाद श्रेष्ठ(बाबुकाजी) को मृत्‍यु भएको छ ।

उनी लु १६ प ४६८६ नम्बरको आफ्नै मोटरसाइकलमा फागुन १४ गते बुधवार गुल्मी देखी बुटवल जादै थिए । बर्षाका कारणले तिनाउँ गाउँपालिका ३ सिद्धबाबामा ढुंगा खस्दा उनको शरीरमा गम्भिर चोट लागेको थियो ।

उनी नेपाली कांग्रेस रेसुङा नगरपालिका वडा न ८ का सभापति समेत रहेका थिए । उनको निधनले गुल्मी कांग्रेसमा अतुलनिय क्षेती पुगेको छ ।  उनको आज बिहान उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्‍यु भएको कांग्रेस नेता महेन्द्र प्रसाद भण्डारीले बताउनुभयो ।