घट्यो सुनचाँदीको भाउ

१६ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल – साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । हिजो प्रतितोला ७९ हजार ७ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामा ५ सयले घटेर प्रतितोला ७९ हजार २ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सु्नचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै ,तेजावी सुन आज प्रतितोला ७८ हजार ९ सय रुपैंयामा कारोवार भइरहेको छ । यसैगरी , आज चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया