‘द लिडर’को बुटवलमा अडिसन हुने

प्रकाशित मिति:

बुटवल – रियालिटी सो ‘द लिडर’को अडिसन प्रदेश नम्बर ५ को मुकाम बुटवलमा पनी हुने भएको छ । अडिसनबारे जानकारी दिन शुक्रबार बुटवलमा गरिएको एक पत्रकार सम्मेलनमा सो जानकारी गराईएको हो । एसआरबिएन मिडियाले संचालन गर्ने उक्त रियालिटीमा पछिल्लो समय चर्चित संचारकर्मी रवि लामिछानेले मुख्य प्रोमोसन गर्नेछन ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसआरबिएन मिडियाका प्रमुख तथा कार्यक्रमका प्रोडुसर रमेश न्यौपानेले बुटवलमा अडिसन गर्ने निश्चित भएको भन्दै ठाउँ र मितिको बारे भने काठमाडौ पुगेर देशभर अडिसन हुने मिति र ठाउहरुको बारेमा एकैसाथ जानकारी दिने बताए । उनले द लिडर एउटा मनोरञ्जनात्मक कार्यक्रम मात्रै नभएर देशको भबिष्यसग जोडिएको बिषय भएको प्रष्ट पार्दै यसमा वाक कला, समस्या समाधानको क्षमता, जागरुकता, देश विकास र नेतृत्वको योजना समेत समेटिने बताए ।

न्यौपानेले भने, हामी देशभरबाट उत्कृष्ट १०० जनालाई काठमाडौ लैजान्छौ, त्यसपछि उहाँको चौतर्फी क्षमता हेरेर उत्कृष्ट छान्छौ ।ू अडिसनको मुख्य निर्णयाकमा बाबुराम भट्टराई, सुशीला कार्की, रविन्द्र मिश्र, प्रदिप गिरि र प्रदिप नेपाल रहनेछन भने स्थानीय रुपमा अडिसन हुँदा स्थानीय स्तरकै जजहरु र रवि लामिछाने पनि जजको भुमिकामा रहनेछन् ।

आयोजकले प्रतिस्पर्धामा पहिलो हुनेलाई २० लाख नगद, काठमाडौंमा एउटा अपार्टमेन्ट, नयाँ मोडेलको गाडी समेत उपलब्ध गराउने र क्रमश उत्कृष्ट ३ लाई पनि विशेष पुरस्कारको ब्यवस्था गरेको बताएको छ ।

बिश्व परिवेशमै नयाँ आयाम ठानिएको सो कार्यक्रमले नयाँ बहसको थालनी गर्ने र देश परिवर्तनको नयाँ भिजन समेत आउने अपेक्षा राखिएको छ । कार्यक्रम लभधकद्दद्ध टेलिभिजन, रमाईलो ज्म् च्यानल र गुन्द्रुक बउउ बाट हेर्न सकिन्छ । उक्त कार्यक्रम्मा सहभागी हुनको लागी ( Gundruk Apps ) https://play.google.com/store/apps/details?id=com.thesunbi.kbcnepal&hl=en डाउन्लोड गरी रजीस्ट्रेसन गर्न सक्नु हुनेछ ।