प्रदेश ५ को नामाकरण मगरात–थरुहट–अवध राख्न माग गर्दै सभामूखलाई ज्ञापन पत्र

प्रकाशित मिति:

बुटवल – नेपाल आदिवासी जनजाति महासंघ प्रदेश ५ ले प्रदेश नं ५ सभाका सभामूख पूर्ण बहादुर घर्तीमगरलाई ज्ञापन पत्र बुझाएको छ । प्रदेश ५ को नामाकरण मगरात–थरुहट नामाकरणका लागि माग गर्दै ज्ञापन पत्र बुझाएको हो । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं ५ का संयोजक दीपक गुरुङको अगुवाइमा शुक्रबार सभामूख निवासमै पुगेर ज्ञापन पत्र बुझाईएको हो ।

सभामूख पूर्ण बहादुर घर्तीमगरले ज्ञापन पत्र बुझ्दै आदिवासी जनजाति महासंघको मागलाई सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । महासंघले स्वायत्त, संरक्षीत र विशेष क्षेत्रहरुको सुनिस्चितता, प्रदेश ५ मा सरकारी कामकाजी भाषाको रुपमा यस प्रदेशमा बाहुल्यता रहेका मगर, थारु र अवधी भाषालाई मान्यता दिनुपर्ने, प्रदेश ५ मा आदिवासी जनजाति प्रतिष्ठान् तत्काल गठन गर्नुपर्ने लगायतका मागहरु राखेर सभामूख पूर्ण बहादुर घर्तीमगरलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउन नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष शंकर गाहामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापामगर, आदिवासी जनजाति युवा महासंघ नेपाल प्रदेश ५ का संयोजक मनिष फाल, नेपाल मगर विद्यार्थी संघ निवर्तमान केन्द्रिय संगठन सचिव तेजु राना लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो ।