बामदेव गौतम नै राष्ट्रिय सभामा मनोनित हुन्छन : नेकपा अध्यक्ष प्रचण्ड

१६ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
30 Shares

File

चितवन –  सत्तारुढ नेपाल कम्यूष्टि पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष बामदेव गौतम नै राष्ट्रिय सभामा मनोनित हुने स्पष्ट पानुभएको छ ।

भरतपुर विमानस्थलमा शुक्रबार (आज) पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पार्टीको सर्वसम्मत निर्णय कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनु भएको हो । उहाँले प्रधानमन्त्रीले पार्टीको निर्णय नमान्ने विषय कल्पना समेत गर्न नसकेको बताउनुभयो ।

संविधान संशोधन गरेर बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने विषयबाट पार्टी पछि हटेको पुर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले बताउनुभयो । प्रधानमन्त्री केपि ओलिले नै २१ गतेसम्म बामदेवलाई नै सिफारिस गर्ने प्रचण्डले दावि गर्नुभयो ।

राष्ट्रपतिबाट गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेपनि छ महिनासम्म डा.युवराज खतिवडालाई नै अर्थमन्त्री बनाउन सकिने उहाँको भनाई छ ।तत्काल राष्ट्रिय सभामा संख्या थप्ने विषय कुनै कुरा नभएको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बजार भाउभन्दा बढी मूल्य लिने व्यापारी पक्राउ
  • प्रदेश ५ सरकारले सिएमसि मार्फत गर्यो महत्वपूर्ण निर्णय
  • ६ महिना खर्च धान्न सक्दैनौं भने घर फर्कन अष्ट्रेलियाको सुझाव
  • कोरोना भाइरसको संक्रमणबाट इटालीयन प्रधानमन्त्रीका सुरक्षाकर्मीको मृत्यु
  • गंगाराम अस्पतालका १०८ जना चिकित्सक क्वारेन्टाइनमामा
  • प्रियंका चोपडाको एक लाख डलर सहयोग
  • लकडाउनलाई थप कडाइ गर्दै एक स्थानीय तहबाट अर्कोमा जान पनि…
  • भीरकोट-डायालोशिस,गर्भवती, दुर्घटना आदिका लागि नगरपालिकाले नै दिन्छ यातायात सुविधा
  • क्ञ्चनका सहकारीहरुले कर्जामा चैत्र महिनाको कुनैपनि शुल्क नलिने
  • कञ्चनका सहकारीहरुद्वारा राहत कोषमा १ लाख ७० हजार रुपैया आर्थिक…