तिलोत्तमा सहकारीद्वारा निः शुल्क स्वास्थ्य शिविरको आयोजना

प्रकाशित मिति:

बुटवल – तिलोत्तमा बुहमुखी सहकारी संस्था लिमिटेडको आयोजनामा फागुन १७ गते (शनिवार) बृहत नि : शुल्क स्वास्थ्य शिविर हुंदैछ । तिलोत्तमा ३, डिंगरनगर स्थित शिव मन्दिरको हलमा हुने शिविरमा बिहान ७ः ३० बजे बाट सुगर परिक्षण हुने र अन्य रोगको परिक्षण ८ ः:३० बाट गरिने सहकारीका अध्यक्ष माधवलाल देवकोटाले बताए ।

युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवाको प्राविधीक सहयोगमा विशेषत्रको उपस्थितीमा हुने शिविरमा महिला रोग, बालबालीका सम्बन्धि रोग, दांत परिक्षण, हाडजोर्नी तथा नशारोग, छाला तथा यौन रोग,मुटु रोग, ई सि जि सेवा, युरिक एसिडको उपचार लगायतका परिक्षण हुने उनले बताए । उक्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन सहकारीले सर्वसाधारणलाई आह्वान गरेको छ ।