प्याराउमान्टको २५ औं रजत महोत्सव सम्पन्न

१६ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


बुटवल – तिलोत्तमा नगरपालिका वडा नम्बर १ रहेको प्यारामाउन्ट ईंग्लीस बोडीङ्ग स्कुल ले स्थापनाको २५ औ बर्ष रजत महोत्सवको रुपमा मनाएको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयले रजत महोत्सव मनाएको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ५ का उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।

रजत महोत्सवको उद्घाटन गर्दै प्रदेश ५ का उद्योग पर्यटन वन तथा वतावरण मन्त्री लिला गिरीले अवको शिक्षा विद्यार्थीहरु रुची अनुसारको हुनुपर्ने बताए । उनले विद्यार्थीहरुको रुची अनुसार शिक्षा प्रदान गर्न सकेमा शिक्षा क्षेत्रमा साच्चै नै परिर्वतन आउने भन्दै समय सापेक्ष शिक्षा प्रदान गरे मात्र देशले राम्रो जनशक्ति प्राप्त गर्ने बताए । उनले अव परम्परागत शिक्षा पद्धती भन्दा पनि विद्यार्थीहरुको रुची अनुसारको शिक्षा प्रदान गर्नको लागि अभिभावक संग आग्रह गरे ।

नेपालको शैक्षिक ईतिहासमा नीजी क्षेत्रको योगदान विशेष रहेको भन्दै मन्त्री गिरीले प्यारामाउन्टले तिलोत्तमा क्षेत्रको शैक्षिक ईतिहासमा विशेष योगदान दिएको समेत चर्चा गरे । वालवालिकाहरुको पहिलो पाठशाला भनेको घर परिवार रहेको भन्दै मन्त्री गिरीले सोही अनुसार उचित स्यहार सुसार अभिभावकहरुले घरमा नै गर्नुपर्ने बताएका हुन ।  कार्यक्रममा बोल्दै विशिष्ठ आतिथि राष्ट्रिय सभा सदस्य गोपाल प्रसाद भट्राईले पनि समय सापेक्षा शिक्षा प्रदान गर्नु नै अहिलेको आवश्यकता रहेको बताएका थिए । उनले अवको शिक्षा अभिभावकहरुको रोजाईंमा भन्दा पनि विद्यार्थीको रुची अनुसारको हुनुपर्ने बताएका थिए ।  कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास महाशाखा प्रमुख गंगाराम आचार्य, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले शुभकामाना दिएका थिए ।

विद्यालयका प्रचार्य दामोदर भुषालले विद्यालयले गरेको कार्यप्रगति विवरण सर्वजनिक गर्दै विद्यालयल प्रदेश ५ कै नमुना विद्यालय बनाउने योजना रहेको बताए । सोही कार्यक्रममा उत्कृष्ठ विद्यार्थी, वयोवृद्ध अभिभावक, संस्थापकहरु, शिक्षक तथा अभिभावकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक दिवकार पन्थीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया