बच्चा बोकेकी हिमा श्रेष्ठमाथि लाठी संगै दुर्ब्यबार गर्ने इन्स्पेक्टरमाथि छानविन सुरु (हेर्नुहोस् भिडियो)

१६ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  – महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हिमा श्रेष्ठलाई लाठि हानेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो । निर्देशनपछि ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ ।

समितिलाई घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन म्याण्डेट दिइएको छ । प्रतिवेदनको रायको आधारमा पौडेलले कारबाही हुनसक्छ । स्रोतका अनुसार समितिले पौडेललाई प्रारम्भमा स्पष्टिकरण सोध्ने तयारी गरेको छ । समग्र प्रकरणको विषय एकातिर भएपनि महिलालाई नियन्त्रणमा लिने क्रममा पुरुष प्रहरीले बल प्रयोग गर्नु गलत भएको प्रहरी उच्च अधिकृतहरु बताउँछन् ।

हिजो पि’डित माला शाह, अर्की पि’डित हिमा श्रेष्ठ बच्चासहित अन्य केही महिलाको साथमा उनीहरु जर्नेल खत्रीको घरसम्म पुगेका छन् । जर्नेलको घर घेराउ गर्न पुगेका माला र हेमासहित ६ जना महिलालाई प्रहरी निरीक्षकले ला’ठि पनि बर्साएर प’क्राउ समेत गरेको थियो । हिजो के के भएको थियो हेर्नुस् तलको भिडियोमा :

फेसबुकबाट तपाईको प्रतिक्रिया