चीनबाट फर्किए लगत्तै मंगोलियाका राष्ट्रपतिलाई ‘क्वारेन्टाइन’मा राखियो

१६ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –  मंगोलियका राष्ट्रपति खाल्टमागिन बटुल्गा कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा बस्नुपरेको छ । उहाँले चीनको एक दिने भ्रमण गरेर फर्किएपछि क्वारेन्टाइनमा बस्नुपरेको हो । मंगोलियाको सरकारी समाचार संस्था मोन्टसेमका अनुसार राष्ट्रपति बटुल्गासँगै परराष्ट्र मन्त्री र केही सरकारी उच्च अधिकारीहरु बुधबार एकदिने भ्रमणको क्रममा चीन पुग्नुभएको थियो । चीन बसाइको क्रममा राष्ट्रपति बटुल्गाले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रिमियर ली केक्याङसँग भेटघाट गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुका अनुसार भ्रमण टोली बिहीबार मंगोलिया फर्कियो । फर्किए लगत्तै सावधानी स्वरुप राष्ट्रपति बटुल्गासहित भ्रमण टोलीमा सहभागी अधिकारीहरुलाई दुई हप्ते क्वारेन्टाइनमा राखिएको हो ।

मंगोलियाको सरकारी समाचार संस्थालाई उद्धुत गर्दै सीएनएनले राष्ट्रपति बटुल्गाले आफ्ना चिनियाँ समकक्षीसँग भेटघाटको क्रममा कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासहरुबारे छलफल गर्नुभएको उल्लेख गरेको छ । मंगोलियाले चीनलाई सहयोग स्वरुप ३० हजार भेडा प्रदान गर्ने घोषणा गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा