फिल्मी शैलीमा ७ महिने बच्चा सहित २ बालक अलपत्र छोडेर आमाबाबु बेपत्ता

१६ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
55 Shares


दाई भाउजुले साना दुई छोरा छोडेर हिँडेपछि १४ दिनकी सुत्केरी रहेकी थाना विष्टको काँधमा थप जिम्मेवारी आएको छ । काखमा खेल्ने निर्माण विष्ट र करिब ४ वर्षका विरु विष्ट अहिले फुपु थाना विष्टको संरक्षणमा छन् । दुई छोराका बाबु एउटै हुन् भने आमा दुईवटा हुन् । निर्माणको आमा भने काखमा खेल्ने सानो छोरालाई छोडेर अर्कैसंग विवाह गरेर गएकी छन् ।

उनीहरुका वुवाको पनि अहिले अत्तोपत्तो छैन । यो सुर्खेतको खबर हो । थाना आफै पनि कोठा भाडामा बस्छिन् । उनको भर्खर १४ दिन अघि जन्मेको बालकलाई पनि खुवाउने केही छैन । त्यस माथि दाईको दुई छोराको जिम्मेवारी पनि थपिएपछि उनलाई आर्थिक समस्या परेको छ । जुम्ला घर भएका ति बालबालिकाहरुलाई घरमै आमाले छोडेर हिडेपछि उनीहरु घरमा एक्लै अलपत्र थिए । एउटा ७ महिनाको बालक आमाको दुध खान नपाएर रोइरहेको थियो । त्यो कुरा थाहा पाएपछि उनको फुपुले अहिले पालिरहेकी छन् । ७ महिनाको दुधे बालकलाई त्यसै छोडेर अर्कैसंग पोइला गएपछि अहिले उनीहरुको बिचल्ली भएको छ ।

अहिले ति छोराहरुलाई देखेर फुपु पनि निकै दुखी छन् । यिनीहरुको भाग्यमा बुवा आमाको माया पाउने रहेनछ त्यही भएर त यस्तो भयो होला, फुपु भन्छिन् सानो छोरा आमाको दुध खान खोजेर रातभरी रुन्छ । चार वर्षका निर्माण विद्यालय पनि जान पाएका छैनन् । थानाको दाईले दुई छोरालाई अलपत्र पारेर छोडे । पहिलो विवाह गरेको बारे आफुलाई जानकारी भएको र पछिल्लो विवाह काठमाडौंमा गरेको पछि मात्र थाहा पाएको बताइन् । उनले दुई महिना देखि ति बालकहरुलाई पाल्दै आएकी छन् । सानो बालकको आमा छोडेर कहाँ गइन् भन्ने पनि जानकारी नभएको बताइन् । दाई र भाउजुले यस्तो गल्ती गरेपनि बालकहरुको दुख देख्न नसकेर आफुले ल्याएको बताइन् ।

भिडियोमा सबै कुरा आएपछि अहिले बुवा भने सम्पर्कमा आएको बताइएको छ । तर त्यसको जानकारी पुष्टि भएको छैन । बुवाले ठूलो छोरा आफैले राख्ने र सानो छोरालाई आफैले राख्ने चाहना राखेको बताइएको छ । यो भिडियो सार्वजनिक भएपछि बालकहरु पाल्न चाहनेहरुको लाइन लागेको छ । फुपुले पनि बालकहरुको भविष्य राम्रो होस् भन्ने आफ्नो चाहना रहेको बताएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा