बर्दघाट खानेपानीका नव निर्वाचित पदाधिकारीहरुले लिए सपथ 

प्रकाशित मिति:

रामु भुसाल/नवलपरासी-पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघाटको गत फागुन १० गते सम्पन्न भएको ८ औँ अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शुक्रबार सस्थाको सभाहल मा सम्पन्न भएको छ । निर्वाचन मण्डलका समयोजक दिनेश प्रसाद घिमिरेको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नव निर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष पदका उम्मेद्वार प्रदिप सुवेदीपुर्व, अध्यक्ष ईन्द्र राना लगाएतले शुभकामना सहित स फल कार्यकालको कामना समेत ब्यक्त गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रमको सम्बोधन गर्दै सस्थाका नवनिर्वाचित अध्यक्ष धातानन्द बस्यालले आफुले सस्थाको हितका लागी सदैव लागि रहने र सो का लागी सबैको साथ र सहयोगको अपेक्षा गर्नुका साथै आफुलाई सो स्थानमा पुर्याउन सहयोग पुर्याउनुहुने सम्पुर्ण संघ सस्था, समाजसेवी, बुद्धिजिवी, कर्मचारी लगाएत सम्पुर्ण उम्मेद्वारहरुमा धन्यबाद ज्ञाापन गर्नुभएको थियो । कार्यक्रममा निर्वाचन मण्डलका समयोजक दिनेश प्रसाद घिमिरेले सस्थाको विधान अनुरुप सम्पुर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र समेत प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि, निर्वतमान कार्य समिति, पुर्व पदाधिकारी, बुद्धिजिवी, पत्रकार, कर्मचारी लगाएतको सहभागिता रहेको थियो । निर्वाचन मण्डलका सदस्य देवीदत्त सापकोटाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्वाचन मण्डलका सदस्य कृष्ण थापाले गर्नुभएको थियो ।