विवाद टुङ्गो लगाउन नेकपाका नेताहरु छलफलमा !

प्रकाशित मिति:

२६ असोज, काठमाडौ । शीर्ष नेताबीच कुरा नमिल्दा लम्बिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो तहको एकीकरण प्रक्रिया दसैंअघि नै सकिने भएको छ ।

नेकपाको माथिल्लो तहमा एकीकरणपछि कार्यविभाज नभए पनि तल्लो तहका जिल्ला, प्रदेश तथा जनवर्गिय संगठनमा एकता हुन अझै बाँकी छ । यसअघि सचिवालयले गरेका निर्णयमा नेता माधव नेपाल समूह असन्तुष्ट बनेपछि नयाँ मापदण्ड तय गर्ने बारेमा छलफल चलेको छ ।
एमाले नेता सुवासचन्द्र नेम्वाङले दशैअघि विवाद मिल्ने दाबी गरे । भोलि नेकपाले सचिवालय बैठक बोलाइको छ  ।

उनले नेताहरुबीच आन्तरिक छलफल भइरहेको पनि बताए । नेता नेम्वाङकाअनुसार सचिवालयको बैठकले मापदण्ड बनाइसकेकाले विवाद रहेका ठाउँमा छलफल गरेर टुङ्गो लगाइनेछ । वामदेव गौतमले सांसद बन्न चुनाव नलड्ने बताभए पनि त्यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।