सभापति श्रेष्ठको निधन प्रती भरत कुमार शाहद्वारा दुख व्यक्त 

१६ फाल्गुन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
205 Shares


बुटवल/सिद्धार्थ राजमार्गअन्‍तर्गत बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा ढुंगा खस्दा श्रेष्ठको मृत्यु भएको ।ढुंगाले लागेर गुल्मी रेसुंगा नगरपालिका ८ का ४८ वर्षीय बावुकाजी श्रेष्ठको मृत्यु भएको हो।बिहीबार बुटवलदेखि गुल्मी आउँदै गर्दा लु १६ प ४६८६ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठ सिद्धबाबामा खसेको ढुंगाले लागेर घाइते भएका थिए ।

उपचारका लागि उनलाई भरतपुर लगिएको थियो । ढुंगाले लागेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ । श्रेष्ठ रेसुंगा नगरपालिका ८ का नेपाली कांग्रेसका वडासभापति समेत थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया