स्व.वि.यु विहिन क्याम्पस बनाउन सरकार नै लाग्यो : महामन्त्री पाण्डेय

प्रकाशित मिति:

यसको मुख्य जिम्मेवार विश्वविद्यालयको नेतृत्व र सरकार हो । सरकारले तदारुकता दियो र निर्वाचन गराउनुपर्छ भन्यो भने निर्वाचन हुन्छ ।

त्रिभुवन विश्वविद्यालयले आफै फागुन १४ मा स्व.वि.यु चुनाव गर्ने गरि सार्वजनिक गरेको चुनाव एक्कासी अनिश्चितकालका लागि स्थगित गरेको छ । त्यति मात्र हैन पछिल्लो समय स्व.वि.यु चुनाव मार्फत बनेको समितिलाई खारेज गरे पछि अब स्व.वि.युको भौतिक रुप कतै छैन । स्थगित गर्नुपर्ने खास कारण नदेखाए पनि मुख्य बिद्यार्थी संगठनको तयारी नपुगेको कारण सहमतिमै स्थगित गरिएको विश्व विद्यालयको तर्क छ । किन समयमै हुन सक्दैन निर्धारित समयमा स्व.वि.यु चुनाव ? यसै सेरोफेरोमा रहेर सबलपोष्टले नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेयसँग कुराकानी गरेको छ ।

स्व.वि.यु चुनाव स्थगित हुँदै आएको छ । यस पटक पनि चुनाव सार्न सफल हुनु भयो है ?

हामी सधैँ स्व.वि.यु चुनावको पक्षमा छौँ । विद्यार्थी संगठनहरुले स्व.वि.यु चुनाव एउटा साझा मञ्चको रुपमा प्रयोग गर्छन् । यसको आफ्नै एतिहासिक पृष्ठभूमि छ ,गरिमा छ । यसले हिजो पञ्चायती व्यवस्थाका विरुद्धमा लड्यो । पञ्चायति व्यवस्थाका विरुद्ध लड्दा जनताका अधिकारका लागी राजनीतिक मुद्धामा बढी केन्द्रीत भयो । पहिले राजनीतिक बढी केन्द्रमा राखेर निर्वाचन हुने गर्थे । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन मार्फत यूवा विद्यार्थीहरुको जनमत हुने गथ्र्यो ।
अहिलेको सन्दर्भमा गणतन्त्र आइसकेपछि संविधान निर्माणको चरणमा गुर्जदै गर्दा स्व.वि.युको निर्वाचनहरु अत्यन्तै नियमित हुन सकेनन् । यसमा एउटा मात्र विद्यार्थी संगठन दोषी हो भन्ने कुरा गलत हो । आम रुपमा निर्वाचनको माहोल निर्माण हुन सकेको छैन् । यसमा विश्वविद्यालयका पदाधिकारीहरु र सकार पनि जिम्मेवार छ । खासगरी विश्वविद्यालयको प्रसाशनिक पदाधिकारीहरुले नै स्व.वि.यु चुनाव एकदमै झन्झटिलो मान्छन् । यो बाट सधै उम्कन खोज्छन् ।

तालिका त सार्वजनिक गरेको थियो नि ?

सार्वजनिक गरेको तालिकाको विषयमा गम्भिर त्रुटि छ । एक त सरोकारवाला सबैलाई बोलाएर गरिएको थिएन । केही विद्यार्थी संगठनलाई मात्र बोलाएर गरिएको थियो । एउटा मुलुककै ठूलो बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघको उपस्थिति बिना ,त्यो चुनावमा अनुपस्थित हुने गरि तालिका ल्याइएको थियो । त्यसमा पनि आपत्ति थिएन् तर विश्व बिद्यालयले त्यो तालिका पनि प्रस्तावित तालिका भनेर पठाएको थियो ।
विश्वविद्यालयले बाहिर चाहिँ हामी चुनावका निम्ति तयार छौँ भनेर प्रचार गर्यो ,तर तयारी केही गरेन् । लोकतन्त्रलाई लामो समय साथ दिएको संगठन चुनावमा जान वाध्य हुन्थ्यो । नेविसंघ चुनाव गर्न तयार पनि थियो ।

सरकार निर्वाचनको पक्षमा छ भने रेक्टर नियुक्ति गरेर अगाडी बढाओस् । निर्वाचनका सबै अङ्गहरुलाई परिचालन गरोस् । सबै क्याम्पसमा गरिएको तालिका फ्लोअप भएन्

विश्वविद्यालयले तालिकालाई नाम मात्रैको तालिकाका रुपमा प्रस्तुत गर्यो । दलहरु दर्ता गर्न सुचना निकाल्नु पर्छ । विद्यार्थीहरुको अन्तिम नामावली प्रकाशन गर्नु पर्छ भनी सुचना गर्नु पथ्र्यो । सुचना प्रकाशन पछि निर्वाचन समिती गठन हुन्छ , निर्वाचन अधिकारी तोकिन्छन् । त्यहाँ समिति बन्छ । त्यो समितिले सर्वदलिय बैठक बोलाउँछ । जति विद्यार्थी संगठन अस्त्विमा छन्, जुनजुनले संगठन दर्ता गरिसकेका छन् । दर्ता गरेका संगठनलाई बोलाएर मात्रै निर्वाचन प्रक्रिया अगाडी बढ्छ । त्यस्तो कुनै प्रक्रिया विश्वविद्यालयले अगाडि बढाएको छैन् ।
विश्वविद्यालयमा शिक्षाध्यक्ष नै नियुक्त भएको छैन । निर्वाचन प्रमुख नियुक्त नगरिकन निर्वाचन निष्पक्ष हुन्छ, धाँधलिरहित हुन्छ भन्नुमा शंका छ । त्यो भएर हामीले आफ्नो अडान जारी गरेका हौँ । सरकार निर्वाचनको पक्षमा छ भने रेक्टर नियुक्ति गरेर अगाडी बढाओस् । निर्वाचनका सबै अङ्गहरुलाई परिचालन गरोस् । सबै क्याम्पसमा गरिएको तालिका फ्लोअप भएन् । एकाएक ५ गते आएर अर्को सुचना नआएसम्म स्थगित गरियो । त्यस माथि भ्रखरै मात्रै सूचना जारी गरेर क्याम्पस स्ववियू विहिन बनेको छ , यो हामीलाई स्विकार्य छैन ।

औपचारिक वा अनौपचारिक रुपमा जानकारी गराएर विभिन्न विभिन्न विद्यार्थी संगठनसंग समन्वय गरेको भनेको छ, त्यो कस्तो खालको समन्वय हो ?

अनौपचारिक ढङगले अरु विद्यार्थी संगठनले पनि यसलाई रि–सेड्यूल गरौँ भन्ने भएकै हो, एक देखि डेढ महिना चुनावका लागी समय थोरै भो भन्ने हाम्रो ठम्याई हो । कसैले स्व.वि.यु चुनाव गर्दिन भनेर भनेको छैन् र नेपाल विद्यार्थी संगठनले पनि यस्तो कुनै प्रस्ताव गरेको छैन् । जुन सेड्यूल निर्वाचनका लागी सार्वजनिक गरियो त्यसलाई प्रभावकारी बनाउन आवश्यक कदम चालिएन भन्ने हाम्रो बुझाई हो ।

यो त नयाँकुरा भएन् एक दशकदेखि लथालिंग दुई वर्षे कार्यकाल भएको स्ववीयूको अहिलेसम्म निर्वाचन हुन नसक्दा क्याम्पस स्तरमा कस्तो प्रभाव परिरहेको छ ?

अहिले पनि केही मन्त्रिहरुले बोलेको कुरा हामीलाई थाहा छ विद्यार्थी संगठनको निर्वाचनको आवश्यकता क्याम्पस स्तरमा छैन भनेका छन् । यो निर्वाचन असान्दर्भिक भो भन्ने पनि उनीहरुले तर्क गरेका छन् ।

खासगरी क्याम्पसमा प्रशासनको मनोमानी बढिरहेको छ । अहिले विद्यार्थीहरुले आफ्ना हक अधिकारका मुद्धा उठाउन छोडे । विद्यार्थीहरु शैक्षिक मुद्धाबाट अलिकति टाढा भएको देखिन्छ । एउटा त्यसको मेजर पार्टी नेकपाको भातृ संगठन २ ओटा अखिल मिलेर बनेको छ । यीनीहरु सत्ताको पक्षधर भए । सत्ताको पक्षधर भएपछि प्रतिपक्ष भूमिका कमजोर देखियो । हिजो जस्तो विद्यार्थी संगठनले जसरी संयूक्त रुपमा आन्दोलन गर्थे अहिले त्यस्तो छैन् । नेपाल विद्यार्थी संगठन पनि एक वर्षदेखि केन्द्रिय नेतृत्वमा रिक्त रह्यो । शसक्त खालको विद्यार्थी आन्दोलन पछिल्लो एक वर्षमा भएको छैन् ।
केन्द्रिय क्याम्पस किर्तीपूर, त्रिचन्द्र कलेज, पद्मकन्या क्याम्पस, नेपाल कमर्स क्याम्पस, पब्लिक हेल्थ क्याम्पस जस्ता क्याम्पसहरुमा निर्वाचन हुन सकेन् । जबकि केही प्राविधिक क्याम्पसहरुमा मात्र निर्वाचन भयो । तर धेरै विद्यार्थी पढ्ने देशभरिका आङगिक कलेजहरुमा निर्वाचन भएन् । २०६५ सालमा देशभरिका ३०० बढी क्याम्पसमा निर्वाचन भएको थियो । यसमा एउटा पक्षलाइ्र्र मात्र दोष दिएर कोहि पनि उम्कन सक्दैन् । तर यसको मुख्य जिम्मेवार विश्वविद्यालयको नेतृत्व र सरकार हो । सरकारले तदारुकता दियो र निर्वाचन गराउनुपर्छ भन्यो भने निर्वाचन हुन्छ ।

अहिले पनि केही मन्त्रिहरुले बोलेको कुरा हामीलाई थाहा छ विद्यार्थी संगठनको निर्वाचनको आवश्यकता क्याम्पस स्तरमा छैन भनेका छन् । यो निर्वाचन असान्दर्भिक भो भन्ने पनि उनीहरुले तर्क गरेका छन् । सत्ताको विरुद्धमा जनमत निर्माण हुन्छ क्याम्पसमा । खासगरी यूवा जमात, विद्यार्थी जमात तथा सचेत वर्गले सत्ताका कमि कमजोरी औल्याउने गर्छन् । विश्वविद्यालयका कुलपति स्वयं प्रधानमन्त्री हुनुहुन्छ । उहाँले विश्वविद्यालयको प्रशासनलाई उपकुलपति, रेक्टर जस्ता पदाधिकारी नियुक्त गर्ने र निवार्चन गर्ने विषयमा केही बोल्नुहुन्न । त्यसैले पनि सरकारले निर्वाचन होस् भन्ने कुरा चाहिरहेको छैन् भन्ने कुरा प्रस्ट बुझिन्छ

नेपाल विद्यार्थी संघले आफ्नो संगठन विस्तारदेखि लिएर स्व.वि.यु चुनावको कुरालाई लक्षित गरेर कस्ताकस्ता कार्यक्रम अघि बढाइरहेको छ ? त्यसको तयारी झल्किने गरेर र विद्यार्थीका हकअधिकारका लागी कसरी अघि बढेको छ ?

अहिले महत्वपूर्ण विद्यार्थी संगठनले संयूक्त रुपमा जाने कुरामा चाहिँ कुनै खालको इच्छा नदेखाएका कारणले नेविसंघले एक्लैको प्रयास प्रयाप्त नभएको हो 

नेपाल विद्यार्थी संघले केही समय अघि उपत्यकास्तरीय भेला गर्यो । अगुवा कार्यकर्ता देखि क्याम्पसकै विद्यार्थीहरुलाई रत्नराज्य क्याम्पसमा भेला गराएर बैठक गर्यो । भेलामा विद्यार्थी साथिहरुले हाम्रो निर्वाचनमा जय भए पनि पराजय भए पनि लोकतन्त्रवादीहरु निर्वाचनबाट भाग्नु हुँदैन् । हामी जानुपर्छ भन्ने भारण व्यक्त गरे । हाम्रो कहि पनि शुन्य उपस्थिति हुँदैन् । हामी प्रतिक्ष हौँ । हामी पहिलो भएपनि दोस्रो भएपनि अथवा जुन स्थानमा भएपनि हामी निर्वाचन देखि डराएका पनि छैनौँ र भागेका पनि छैनौँ । नेपाल विद्यार्थी संघको केन्द्रिय समिती देखि क्याम्पसका यूनिटहरु निर्वाचनका लागी तयार छन् । नेविसंघका आन्तरिक द्धन्दहरुलाई समाधान गरेर हामी चुनावमा जाने तयारी गरेका छौँ ।

पछिल्लो समय विद्यार्थी संगठनहरु आपसमा साझा एजेन्डाहरु बनाएर लैजाने अवस्थाबाट बाहिरिएका हुन् कि के हो ?

बाहिरिएको अवस्था या हुनै नसक्ने अवस्था म भन्दिन् । एउटा महत्वपूर्ण विद्यार्थी संगठन अनेरास्ववीयू सत्ताको पक्षधर लिएर सामाजिक, राजनीतिक, भ्रष्टाचार तथा शैक्षिक मुद्धाहरुमा सरकारको विरोध गर्नका लागी सडकमा आउन तयार छैन । नेविसंघ र केही विद्यार्थी संगठनले गरेर मात्र पनि संयूक्त विद्यार्थी आन्दोलन हुनेवाला छैन् । विद्यार्थी संगठन हिजो संकटका बेला एक थिए । मिलेरै यति ठुला रुपान्तरण समेत भए । अहिले महत्वपूर्ण विद्यार्थी संगठनले संयूक्त रुपमा जाने कुरामा चाहिँ कुनै खालको इच्छा नदेखाएका कारणले नेविसंघले एक्लैको प्रयास प्रयाप्त नभएको हो ।
विद्यार्थीहरुको स्व.वि.यु प्रति अझै पनि आकर्षण छ ?

पछिल्लो समय यता विद्यार्थी संगठनका गतिविधि हरु त्यति धेरै आकर्षण र लगाव झुकाव भएको देखिन्न । यसमा मुख्य कारण विद्यार्थी संगठन विद्यार्थीहरुको मुद्धामा तादम्य गरेर उभिन सकेको छैन् । हामी धेरै राजनीतिक मुद्धाामा बढी केन्द्रित भयौँ । विद्यार्थी आफ्नो भविष्यसंग जोडिएका मुद्धामा मात्रै केन्द्रित छन् । अहिलेका विद्यार्थी जमातमा उनीहरु सिधा सम्पर्कमा आएर विद्यार्थी संगठनको झण्डामुनी गोलबद्ध नभएपनि विद्यार्थी संगठनले गरेका गतिविधिहरु न्जिकबाट नियालेका छन् ।

साझा एजेन्डा बनाउन छलफल भएको छ ?

विद्यालयमा तथा क्याम्पसमा विकृति भित्रिएका छन् । त्यसमा विद्यार्थीलाई सचेत बनाउनुपर्ने देखिन्छ । शैक्षिक सुधारका लागी आन्दोलन गर्ने सम्मका योजना बनाइनेछ ।

अहिले त्यस्तो छलफल भएको छैन । नयाँ कार्यसमिति आएको पनि धेरै भएको छैन । भिन्न संगठनहरुसंग अनौपचारिक बाहेक औपचारिक छलफल हुन पाएको छैन् । विभिन्न एजेन्डाहरुमा साझा धारणा बनाएर जो भनेर जानेमा हामी इच्छुक छौँ तत्पर छौँ ।

तयारीको अवस्थालाई पुग्ने समय पाउनुभो । स्व.वि.यु लक्षित एजेण्डा के छ ?

आगिंक क्याम्पसहरुमा शिक्षको गुणस्तर खस्किदो छ । गुणस्तरिय शिक्षा नहुँदा शिक्षाप्रति विद्यार्थीहरुको आकर्षण छैन् । रुचि छैन् । त्यसलाई कसरी पुनजार्गित गर्ने मुख्य एजेण्डा हो । सरकारी क्याम्पस कलेजमा थोरै टाइम दिएर नीजिमा धेरै टाइम दिने गर्छन् । उनीहरुलाई त्यहि क्याम्पसमा काम गर्नु पर्ने बाध्यकारी व्यवस्था ल्याउने तयारी छ ।
विद्यालयमा तथा क्याम्पसमा विकृति भित्रिएका छन् । त्यसमा विद्यार्थीलाई सचेत बनाउनुपर्ने देखिन्छ । शैक्षिक सुधारका लागी आन्दोलन गर्ने सम्मका योजना बनाइनेछ ।