कर्णाली प्रदेशमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

सुर्खेत/ युवा संस्था सञ्जाल आयोन र अन्तराष्ट्र्रिय फाउण्डेसन फर इलोक्ट्रोल सिस्टमको संयुक्त आयोजनामा कर्णाली प्रदेशको सुर्खेतमा सुशासनका लागि युवा कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम अन्र्तगत लोकतान्त्रिक पद्धतिमा युवाहरुको भूमिका , शासन सम्वन्धि संस्थाहरुको यथार्थपरक जानकारी, युवाहरुमा आत्मविश्वासको विकास, युवाहरुको अधिकार तथा जिम्वेवारी, लोकतान्त्रिक नेतृत्वको परिचय, सामुदायीक परिचालन र युवा सहभागिता सम्वन्धमा विविध विषयमा विषयज्ञत प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा कर्णालीका युवाहरुका मुद्धाहरु र उनिहरुको सम्वन्धमा विशेष छलफल भएको थियो ।

तिन दिन सम्म सञ्चालन भएको सुशासनका लागि युवा कार्यक्रममा २५ जना सहभागि रहनु भएको थियो । सहभागिहरु समावेसिढंगबाट छनौट गरीएको थियो । यसैगरी कार्यक्रममा युवा अभियन्ता तथा नेपाल युवा संस्था सञ्जाल आयोन का बरिष्ठ उपाध्यक्ष तुलसिराम चौलागाईले युवाहरुलाइ लोकतान्त्रीक अभ्यास, समुदायमा उनिहरुको सहभागिता लगाएतका विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । यसैगरी आयोनका कार्यक्रम निर्देशक अनिल उपाध्यायले कार्यक्रममा शुसानका तत्वहरु तथा मानव अधिकार, सामाजिक न्याय, शान्तिपूर्ण समाजका विभिन्न आयामहरु र तिनीहरुका विविध विषयमा जानकारी गराउनु भएको थियो । यसका साथै सामुदायीक अभ्यासहरुको प्रयोगात्मक पक्षका विविध विषयमा आइफेसका कार्यक्रम संयोजक सविन बुढाथोकी, खिम रेग्मी र चरित्रा के सी ले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

यु एस ए आईडी र आई एफ ई एस को सहयोग तथा नेपाल युवा संस्था संजाल ९आयोन०को आयोजनामा फागुन १४ गते बुधबारबाट सुरु भएको तालिम आज सम्पन्न भएको हो ।
वि।सं २०७९ सालमा हुने निर्वाचनमा नयाँ मतदाताको रुपमा थपिने ३५ लाख युवालाई मतदान शिक्षा र निर्वाचनको महत्व तथा लोकतान्त्रीक अभ्यासको आवश्यकता र अपरिहार्यतामा जोड दिन युवालाइ शुसासनको अर्थपूर्ण हिस्सेदार वनाउन यस कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था आयोनका वरिष्ठ उपाध्यक्ष तुलसि राम चौलागाइले वताउनु भयो । नेपालमा ४१ प्रतिसत जनसंख्या युवाको रहेको छ यो सक्रिय जनसंख्यालाइ मुलुकको नेतृत्व छनौट र आफै नेतृत्वमा पुग्ने अवसर प्रदान गर्ने हो भने सुखी नेपाली सम्वृद्ध नेपालको नारा पुरा हुनेमा दुइमत नुहने विश्वासका साथ यस खाले रचनात्मक अभियानको थालनी गरिएको चौलागाइले वताउनु भयो । यसैगरी स्थानीय सरकारलाई रचनात्मक ढङ्गले सहयोग गर्ने कार्यमा पनि युवाहरु परिचालन हुन र उयनिहरुले लोकतन्त्रको असल अभ्यासहरु बुझेर त्यसलाइ आत्मसात गरेर अघि बढुन र उनिहरुको क्षमता अभिवृद्धिहोस भन्ने उदेश्यका साथ यस कार्यक्रमको आयोजना गरिएकोे चौलागाइले वताउनु भयो । तीन दिन सम्म सन्चालन भएको तालिममा सुर्खेत जिल्लाका बिरेन्द्रनगर नगरपालिका, लेकबेशि नगरपालिका र भेरिगंगा नगरपालिका भित्रका युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।