प्रदेश ५ मा ड्राईभिङ्ग स्कुल संघ गठन : अध्यक्षमा अधिकारी

प्रकाशित मिति:

झविन्द्र देवकोटा/बुटवल- ड्राईभिङ्ग ईन्ष्टिच्यूट संचालकहरुको बुटवलमा भएको भेलाले प्रदेश स्तरीय ड्राईभिङ्ग स्कुल संघ नेपाल प्रदेश ५ को तदर्थ समिति गठन गरेको छ । प्रदेश ५ का १२ जिल्लाबाट प्रतिनिधि गरेको संचालकहरुको बुटवलमा शनिबार भएको भेलाले मुलुकको नयाँ संरचना अनुसार रुपन्देहीका धनबहादुर अधिकारी ९शंकर० को अध्यक्षतामा प्रदेश ४ समिति गठन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा गुरुप्रसाद गौतम ९राप्ती द्वितीय उपाध्यक्षमा संजयकुमार बरनवाल ९भेरी० सचिवमा खुमबहादुर खड्का ९लुम्विनी०, कोषाध्यक्षमा ताराबहादुर अधिकारी ९बुटवल० र सह–सचिवमा शिवराज अहमद चुनिनु भएको छ ।

यस्तै भेलाले सदस्यहरुमा माया पाण्डे बुटवल, पट्वारी पश्चिमा थारु नवलपरासी, सरोज पाण्डे बुटवल, बिष्णु गोदार भैरहवा, राधेश्याम थारु कपिलबस्तु, प्रदिप बराल भेरी, शंजयकुमार श्रेष्ठ र कमल बस्नेत राप्ती, एहसान अलि हलुवाई र कर्णबहादुर परियार भेरी, र झक्कुप्रसाद बुढाथोकी राप्ती चुनिनु भएको निर्वाचन प्रमुख कृष्णदेव भण्डारीले जानकारी दिनुभयो । ड्राईभिङ्ग स्कुल संघ नेपाल लुम्विनी अञ्चल अध्यक्ष प्रमोद थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष विष्णु विश्वकर्मा, केन्द्रीय महासचिव उमेश सिंह, केन्द्रीय सल्लाहकार लालचन्द्र बन्जाडे लगायतले ड्राईभिङ्ग स्कुल संघ नेपाल प्रदेश ५ का नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो । भेलापछि आफ्ना विचार राख्दै नवनिर्वाचि अध्यक्ष अधिकारीले चालक अनुमतिपत्र प्राप्त गर्न ग्राहकलाई पर्ने समस्या तथा ट्रायलका विषयमा हुने झन्झटका विषयलाई सहज बनाउने योजना सहितका कार्यक्रम ल्याउने बताउनुभयो । कार्यक्रमको संचालन सचिव कविन्द्रमान श्रेष्ठले गर्नु भएको थियो । संघका पहिले केन्द्रीय र अञ्चल समितिहरु भएका र राज्यको पुनःसंरचना अनुसार प्रदेश ५ मा प्रदेश समिति गठन गरिएको संघका अञ्चल कोषाध्यक्ष श्रीधर अर्घाली मगर जानकारी दिनुभयो ।