तिलोत्तमाको स्वास्थ्य शिविरमा ४ सय जनाकोको स्वास्थ्य परिक्षण

१७ फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल/तिलोत्तमा बहुमुखी सहकारीले शनिबार शंकनरगरको डिङ्गरनगरमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । कार्यक्रममा ४ सय जनाको स्वास्थ्य परिक्षण गरीएको सहकारीका अध्यक्ष माधवलाल देवकोटाले जानकारी दिनु भयो ।भैरहवा मेडिकल कलेजका प्रशासन प्रमुख तेजकुमार केशीको नेतृत्वमा आएको डाक्टर तथा स्वास्थ्यकर्मी सम्मिलित ३८ जनाको टोलीले विशेषज्ञ सेवा सहितको स्वास्थ्य जाँच गरेको सहकारीका सचिव पावर्ती थापाले बताउनु भयो । सहकारीका संस्थापक अध्यक्ष तथा संरक्षक यामबहादुर खत्रीले सहकारीले स्वास्थ्य शिविर जस्तो महत्वपुर्ण कार्यक्रम राखेर सामाजिक उत्तरदायित्व बहन गरेको बताउनु भयो ।

शिविरमा महिला तथा प्रजनन विशेषज्ञ डा सिमा खत्री,बाल रोग विशेषज्ञ डा आस्था पौडेल,एमडि डा पुष्पराज ढकाल र सर्वोत्तम कोइराला,हाडजोर्नी तथा नसा रोगमा डा मदन ज्ञवाली र बोधराज शाहा,नाककाँन घाँटी रोग विशेषज्ञ डा पारश पौडेल,छालारोगका डा सभ्यता गुरुङ र दयाराम यादव, दातरोग विशेषज्ञमा डा भेनकेट आरसिंह सहित स्वास्थ्य कर्मीहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।शिविरमा स्वास्थ्य जाँच गरीएका र थप उपचार गर्नु पर्ने देखिएका बिरामीहरुलाइ एक महिना भित्र उपचारकालागि भैरहवा मेडिकल कलेजमा २५ प्रतिशत छुट सुविधा उपलब्ध गराउने व्यवस्था गरीएको सहकारीको सिष्टर सोसाइटीका सचिवालय अध्यक्ष यादा क्षेत्रीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया