जेसीजका पदाधिकारीहरुलाई संयुक्त एक दिने तालिम सम्पन्न

प्रकाशित मिति:

बुटवल/ विभिन्न जेसीजमा आवद्ध पदाधिकारीहरुको लागि एक दिने तालिम गरिएको छ । रुपन्देही र नवलपरासीमा क्रियाशिल ७ वटा जेसीजहरुको संयुक्तआयोजनामा बुटवलमा तालिम गरिएको हो । बुटवल जेसीज, बुटल महिला जेसीज, तिलोत्तमा जेसीज, शुद्धोधन जेसीज, देवदह जेसीज, रामग्राम जेसीज र प्रस्तावित बर्दघाट जेसीजको संयुक्तआयोजनामाभएको तालिममा करीव ८० जनाको सहभागीता रहेको कार्यक्रम संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।

नेपाल जेसीजका पूर्व कार्यकारी उपाध्यक्ष रविन पोख्रेलले तालिममा सहजिकरण गर्नुभएको थियो । यसअघि भएको तालिम उद्घाटन कार्यक्रममाआन्तरिक राजश्वकार्यालय बुटवलका प्रमुख ध्रुवराज ज्ञवाली, नेपाल जेसीजका कानुनी सल्लाहकार राजेन्द्र घिमिरे, क्षेत्र घ का तालिम संयोजक हेमा न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्दै तालिमले व्यक्तिलाई सकारात्मक सोचको विकास गराउदै क्रियाशिल ररिरहन मद्धत पुर्याउने बताउनुभयो ।तालिममा सहभागी शाखा अध्यक्षहरु बुटवल महिला जेसीजका कल्पना पाण्डे, तिलोत्तमा जेसीजका क प्रसाद भण्डारी, शुद्धोधन जेसीजका चुरामणि डुम्रे, रामग्राम जेसीजका सन्दिप अग्रहरी लगायतलले आफ्नो शाखाले वर्षभर गर्ने कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । बुटवल जेसीजकाअध्यक्ष राजीव गौतमको अध्यक्षता तथा महासचिव हरिबिक्रम कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो