स्याङ्जाका ३० बर्षे लुइटेंलको विश्व भ्रमण सुरु, इ गार्डेन का प्रोपाईटर पन्तद्वारा शुभकामना ब्यक्त

प्रकाशित मिति:

बुटवल /स्याङ्जाका ३० बर्षे यामप्रसाद लुइटेंलले शुक्रवारदेखि मोटरसाइकलमा विश्वभ्रमणको यात्रा सुरु गर्नुभएको छ ।वालिङ् नगरपालिका १४ तमादीका लुईटेलले १० बर्षे यात्रा स्याङ्जादेखि सुरु गर्नुभएको हो । उहालाई मणिग्राम स्थित ई- गार्डेन पार्टी प्यालेस को तर्फबाट बधाई शुभकामना र शुभयात्रा उक्त पार्टी प्यालेस को प्रोपाईटर हरि पन्त ले गर्नु भयो ।

शनिबार तिलोत्तमाका दर्जनौ युवा भेला भएर शुभकामना प्रदान प्यालेस मा गरिएको थियो ।स्याङ्जाका ३० बर्षे यामप्रसाद लुइटेंल युवाको प्रेरणा को स्रोत रहेको उपस्थित युवाको भनाई थियो ।नेपाल को ७५३ वटा पालिका को भ्रमण २ बर्ष मा सकेर बिश्व भ्रमण गर्ने उहाँ को कार्यतालिका छ ।