विद्यार्थी र शिक्षकलाई भित्ते पत्रिका लेखन तालिम  सम्पन्न 

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/बालबालिकामा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराइ रचनात्मक बनाउन, साहित्य र बाल पत्रिकामा रुची जगाउने उद्देश्यका साथ मसुरीयामा भित्ते पत्रिका लेखन तालिम दिईएको छ ।भित्ते पत्रिका, बाल पत्रिकाको वा सिर्जनशिल लेखनको लागि चाहिने आवश्यक आधारभुत ज्ञान र सिपको विकासमा सहयोग पु¥याउने लक्ष्य सहित दाङको राप्ती गाउँपालिका मौरीघाटमा कार्यालय रहेको मिलाप कृषि सहकारी संस्थाले राप्ती क्षेत्रका १० विद्यालयका १० विद्यार्थी तथा १० शिक्षकलाई दुई दिने प्रारम्भीक भित्ते पत्रिका लेखन तालिम दिएको हो ।

अष्ट्रेलिएन एड, कारितास अष्ट्रेलिया र कारीतास नेपालको सहयोगमा राप्ती गाउँपालिका क्षेत्रमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको मिलाप कृषि सहकारी संस्थाले संस्थाको नियमीत कार्यक्रम अन्तरगत तालिमको आयोजना गरेको हो ।प्राथमिक विद्यालय, आधारभुत विद्यालय र माध्यामीक विद्यालयका विद्यार्थी तथा शिक्षक सहभागी रहेको भित्ते पत्रिका लेखन तालिममा भित्ते पत्रिका के हो, भित्ते पत्रिकामा के कस्ता विषय समाबेश गरिन्छ, भित्ते पत्रिका किन प्रकाशन गर्ने, भित्ते पत्रिका प्रकाशनका फाइदा, समाचार भनेको के हो ,समाचारको संरचना, सञ्चारका किसिम, पत्रकार, पत्रकारिता, समाचार तथा समाचारको तत्वसमाचारको प्रकार र समाचार वनोट, भित्ते पत्रिकामा गरिने सजावट लगायतका विषयमा जानकारी गरिएको छ ।

भित्ते पत्रिका लेखन तालिलमले विद्यालय जाने बालबालिकाहरुको लेखन क्षमतामा विकास गर्ने र बालबालिकाको भावना र रचनात्मकता ब्यक्त गर्ने एउटा प्रभावशाली माध्यायम बनाउदै सामान्यतया भित्ते पत्रिका, फ्लिप चार्ट पेपरमा वा सुचना पाटीमा क्लव सदस्य र अन्य विद्यार्थीहरुले आफ्नो लेख, रचनाहरु तयार गरी लाइबे्ररी वा विद्यालयको अनुकूल ठाँउमा टाँस्न सक्ने बनाउने उदेश्य अनुसार तालिमको आयोजना गरिएको मिलाप कृषि सहकारी संस्थाका दल बहादुर घर्ति मगरले जानकारी दिनुभएको छ ।संस्थाले विद्यालयहरुका विचमा नियमित रुपमा प्रश्नोत्तर राखेर विद्ययार्थीहरु बीचको अन्तर सम्बन्ध बढाउने माध्यमको रुपमा विकास गर्दै भित्ते पत्रिका मार्फत विद्यार्थीहरुले समाचारको रुपमा आफ्नो विद्यालयको गतिविधिहरु, बालबालिकाहरुको अधिकार तथा सवालहरु जस्तैस् बाल विवाह न्यूनीकरण , बालमैत्रि विद्यालय, बाल संरक्षण तथा बाल विकासका बिषयहरुलाई नियमित अंकको रुपमा लेखेर लेखन प्रतिभालाई बढावा दिन संस्थाले विद्यालय र विद्यार्थी लक्षित कार्य गर्दै आएको संस्थाकी अनु चौधरीले बताउनु भएको छ ।

संस्थाले बालबालिकालाई आफ्ना समस्या भन्न सक्ने बनाउन, बालबालिकाको नेतृत्व विकास गर्न, बालअधिकारको संरक्षण संबद्र्धन गर्न, अभिभावक, शिक्षक लगायतको बालबालिकाप्रतिको व्यवहार राम्रो बनाउन, बालबालिकाको सिर्जनशीलता बढाउन, सूचित गर्न, शिक्षित बनाउन, अभिप्रेरणा प्रदान गर्न, मनोरञ्जन प्रदान गर्न र निगरानी गर्न समेत भित्ते पत्रिका प्रकाशनमा विद्यार्थीलाई प्रोत्साहित गरिरहेको बताईएको छ ।तालिमको समापनको क्रममा सहभागीको तर्फवाट शिक्षक तोमलाल गैरे, विद्यार्थी करण चौधरी, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र भुसाल, प्रशिक्षक दिवाकर पोख्रेल, तिर्थराज ज्ञवाली लगायतकाले विद्यालयमा भित्ते पत्रिका प्रकाशनका विषयमा विचार ब्यक्त गर्नुभएको थियो ।