प्रथम गैडहवा गाउपालिका अध्यक्ष कप कबड्डी प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

जगिलाल थापा/कञ्चन-गत फागुन १५ गते देखि संचालन भएको प्रथम गैडहवा गाउपालिका अध्यक्ष कप कबड्डी प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा गैडहवा गाउपालिका वार्ड नं. ६ स्थित समइमाई युवा क्लव ए ले प्रथम गैडहवा गाउपालिका अध्यक्ष कप को उपाधी उचाल्न सफल भएको छ।नवलपरासी र रुपन्देहीका गरी ८ टीमले सहभागिता जनाएको प्रतियोगिता लिगकम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए ।

समइमाई युवा क्लव ए र प्रतापपुर गाउपालिका नवलपरासी बिच भएको अन्तिम प्रतिस्पर्धामा समइमाई युवा क्लव ए ले प्रतापपुर गाउपालिका नवलपरासीलाई पराजित गरी उपाधी हात पार्न सफल भएको हो ।उपाधी हात पारे संगै समइमाइले नगद १५ हजार रुपैया सहित मेडल र जर्सी प्राप्त गरेको छ भने उपबिजेता प्रतापपुर गाउपालिका नवलपरासीले नगद ७ हजार ५ सय रुपैया सहित मेडल र जर्सी प्राप्त गरेको छ । यसैगरी कानिजवा सी तृतिय भई नगद ५ हजार सहित मेडल र जर्सी प्राप्त गर्न सफल भएको छ।गैडहवा गाउपालिका वार्ड नं. ६ का वडा अध्यक्ष रामबेलास यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई पुरस्कार प्रदान गदै अध्यक्ष यादवले युवाहरुले देश र स्वास्थ्यको लागि खेल खेल्नु पर्ने बताउनु भएको छ ।खेलकुदको माध्यमबाट युवाहरुलाई समाज प्रति अझ जिम्मेवार भई गैडहवाको समृद्धिका लागि सबै एक भएर लाग्न उत्प्रेरण प्राप्त हुने बताउनु भएको ।

यसैगरी समाजबादी पार्टी जिल्ला समिति रुपन्देहीका सदस्य तुलसी यादवले गाउपालिकाले युवाहरुलाई गैडहवाको समृद्धि संग जोड्नको लागि युवा लक्षित कार्यक्रमहरु ल्याउनु पर्ने बताउनु भएको छ।वहाले भन्नु भयो हरेक युवाहरुमा खेलकुदको माध्यमबाट गैडहवाको समृद्धिका लागि एकता,अनुासन,धैर्यता र सहनशिलताको बिकास गर्नुपर्नेमा जोड दिनु भएको छ।प्रथम गैडहवा गाउपालिका अध्यक्ष कप कबड्डी प्रतियोगिता संचालन समितिका संयोजक श्रीपट सिंह कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टी गैडहवाका संयोजक तथा कबड्डी संघ,रुपन्देहीका जिल्ला सदस्य सिकन्दर कुर्मी, दिलिप सिंह कुर्मी लगायते पनि बोलनु भएको थियो भने पट्टु यादवले संचालन गर्नुभएको थियो ।