शिक्षकको कुटाईका कारण विद्यालय जान त्रसित बालक भन्छन् :मिसले पिट्नुभयो किन भनिस भन्दै थक्राउँदै

प्रकाशित मिति:

रुपन्देही – फागुन १७ गते सिद्धार्थनगर नपा–८ स्थित जेसिस इङ्गलिस बोर्डिङ्ग स्कुलका कक्षा ४ मा अध्ययनरत १० वर्षिय हितेश वलीलाई सोही विद्यालयका विज्ञान शिक्षक २३ वर्षिया अपेक्षा निशुले फागुन ११ गते कुटपिट गरेको पीडितले बताउनुभएको छ ।आरोपित शिक्षकले विज्ञान विषयको होमवर्क नगरेको भन्दै पीडित बालकलाई गालामा हान्दा पीडित बालकको बाँया गाला र वाँया कानकै भाग निलै भएको र अहिलेसम्म भित्रभित्र दुखिरहेको पीडित बालकले इन्सेक कर्मीलाई बताउनुभयो ।

घटनाका विषयमा बालकले आमालाई बताएपछि र गालामा औलाको छाप लिएर आएपछि तुरुन्तै प्राध्यानाध्यापकलाई फोन गरेर जानकारी दिएको र फागुन १२ गते बालकसँगै विद्यालयमै पुगेर पीडित बालककी आमाले प्राध्यानाध्यापक हीरा बहादुर गुरुङ्गलाई भेटी घटनाको कारण बालकले स्कुल जान नमानेको भन्दै यसरी स्कुलले यातना दिन नहुने किन यसरी पिटेको भन्दा अहिलेलाई माफ दिनुस अव यस्तो हुदैन् भनी संझाएको र शिक्षकहरु सबैलाई राखेर यस्ता विषयमा शर्तक गराउने आश्वासन दिएपछि पीडितकी आमा हेमा वली घरमा फर्केको बताउनुभयो ।अन्तिम प्रियडमा फागुन १२ गते कक्षाकोठामा आफुलाई मैले पिटेको विषयमा अभिभावक र प्रिन्सिपल सरसँग भनेको भनी कुरा लगाएको भन्दै अवका दिनमा उसलाई कुनै वास्ता नगर्ने र होमवर्क पनि चेक गर्दिन् फेलभए होस मलाई मतलब पनि छैन भन्दै होमवर्क कापी नजाँची साथीलाई दिन लगाएको पीडित बालकले बताउनुभयो ।

घटनाका विषयमा विद्यालयका प्राध्यानाध्यापक हीरा बहादुर गुरुङ्गले घटनाको विषयमा अभिभावकले जानकारी गराएको र घटनाका आरोपित शिक्षकलाई सचेत गराइसकेको र आफुले पनि विद्यार्थीहरु अध्ययापन गराउँदा टाउँको भन्दा माथि नकुट्न र सामान्य उठबससम्म बनाएर बालबालिकालाई सामान्य डर देखाएर कक्षा लिनका लागि पटक पटक शिक्षकहरुलाई भनिरहेको बताउनुभयो । प्रअ गुरुङ्गले २५ प्रतिशत अभिभावकले मेरो बच्चालाई यातना रहित अध्ययन गराउनु परयो भनेको र ७५ प्रतिशत अभिभावकले मेरो बच्चालाई कुटेर हुन्छ के गरेर हुन्छ तह लगाउनु पर्यो भन्दै विद्यालयमा भर्ना गर्दादेखि नै भनेको बताउनुभयो ।उहाँले हामीले यस्तो खालको यातना दिनु गलत हो भन्दै उल्टै अभिभावकलाई संझाएर पठाउने गरेको र विगतको तुलनामा दण्डरहित शिक्षाका लागि आफुहरु हरदम लागि रहेको बताउनुभयो । यद्यपि सामान्य खालका डर भने अझ पनि उनीहरुको भविष्यलाई ख्याल गर्दे कतै कतै भएको बताउनुभयो ।ईन्सेक बाट साभार